
सोमवार , पौष २९, २०८१
भैरहवा, २९ पुस । नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ रुपन्देही जिल्ला अध्यक्षमा कमल जि.सी. मनोनित भएका छन् । सिद्धार्थनगर नगरपालिका–२ निवासी जि.सी.लाई आइतबार केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले जिल्ला अध्यक्षमा मनोनयन गरेका हुन् । संघको विधान २०७९ को भाग ६ को २४ बमोजिम जि.सी.लाई मनोनित गरिएको हो ।
‘नेपाल लोकतान्त्रिक खेलकुद संघको अनुशासन र मर्यादामा रही संघलाई चुस्त र दुरुस्त रुपमा अगाडि बढाउनु हुनेछ भन्ने आशा राखेको छु । साथै विधि, विधान अनुरुप कार्य गर्नु/गराउनुहुनेछ । तपाईको कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु, ’अध्यक्ष शेरचनले मनोनयन–पत्रमा उल्लेख गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij