२०८३, भाद्र ३१ गते

Sep 16 2026 | २०८३, भाद्र ३१ गते

कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण : मुख्यमन्त्री आचार्य

मंगलवार , माघ १, २०८१

  • 712
    Shares
  • 712
    Shares
  • देउखुरी, १ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने बताएका छन् । माघे संक्रान्ति तथा माघी पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले मौलिक कला संस्कृति जोगाउनु सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने बताउनु भएको हो।

    ‘हाम्रो समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त छ ।  त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरु हाम्रा मौलिक विशेषता हुन्’शुभकामना सन्देशमा भनिएको छ,‘लुम्बिनी प्रदेश सरकारले साँस्कृतिक मूल्य, मान्यताहरुको संरक्षण, सम्बद्र्धन र प्रबर्धनको माध्यमबाट आर्थिक, सामाजिक विकासको परिकल्पना गरेको छ । मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने भएकाले यसलाई प्राथमिकतामा राखेका छौं ।’ 

    लुम्बिनी प्रदेश सरकारले माघी पर्वलाई लक्षित गरेर सार्वजनिक विदा समेत दिदै आएको छ । लुम्बिनी प्रदेशको तराई, पहाड, हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले माघे संक्रान्ति/माघ पर्व मनाउने चलन छ । यस पर्वको फरक विशेषता र महत्व रहेको छ । थारु समुदायले माघलाई महत्वपूर्ण चाड एवं नयाँ वर्षका रुपमा मनाउने गर्छन् भने मगर, मधेशी लगायतका समुदायले विशेष महत्वका साथ पर्व मनाउने प्रचलन छ ।