२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

नेकपा तिलोत्तमा नगरको कार्यालयमा एमालेको बोर्ड

आइतवार , चैत्र १, २०७७

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • तिलोत्तमा, १ चैत ।
    सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजको फैसला गरिदिएपछि नेकपाको तिलोत्तमा नगर कमिटीको कार्यालयलाई शनिबार एमालेको पार्टी कार्यालयमा परिणत गरिएको छ ।

    स्वर्गीय परमानन्द खरेल स्मृति भवनका रुपमा निर्माण गरिएको पार्टी कार्यालयबाट नेकपाको बोर्ड हटाएर एमालेको राखिएको हो । यसअघि यो कार्यालय तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएर बनेको नेकपाको थियो । 

    लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एवं पार्टीका केन्द्रीय सदस्य लिला गिरीको अगुवाइमा एमालेको बोर्ड राख्दै नगर पार्टी कार्यालय सञ्चालनमा आएको घोषणा गरिएको छ । 

    कार्यक्रममा एमालेका तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, नगर अध्यक्ष मोहन चापागाईं लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति थियो । 

    कार्यक्रममा बोल्दै मन्त्री गिरीले अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताए । अनेक शंका उपशंकाका बीच तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेकपा गठन भएपनि पदीय स्वार्थका कारण एकतामा संकट आइरहेका बेला सर्वोच्चको फैसलाले पुरानै पार्टी ब्यूँताएको भन्दै अव एमालेले आफ्ना गतिविधि नियमित रुपमा सञ्चालन गर्दै जाने उनले बताए । मन्त्री गिरीले केही दिनअघि केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरुबारे जानकारी गराउँदै बैठकले कसैलाई कारवाही नगरेको र जिम्मेवारी हेरफेर मात्रै गरेकाले भ्रममा नपर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

    कार्यक्रममा एमाले नगर कमिटी अध्यक्ष मोहन चापागाई, सुरेन्द्र श्री लगायतले पनि आफ्नो धारणा राखेका थिए ।