२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

१४६ औं मेल्भिन जोन्स जन्मजयन्ती सप्ताह सम्पन्न

बुधवार , माघ २, २०८१

  • 706
    Shares
  • 706
    Shares
  • बुटवल, २ माघ । लायन्स क्लबका जन्मदाता (संस्थापक) मेल्भिन जोन्सको १४६ औं जन्मजयन्तीको अवसरमा बुटवलमा लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ पी, नेपाल अन्तरगत एरिया ३ र ४ को संयोजनमा विविध कार्यक्रम गरिएको छ । बुटवलमा र्‍यालीसहित विविध कार्यक्रम गरी जन्मजयन्ती मनाइएको हो । ट्राफिक चोकबाट सुरु भएको र्‍याली अमरपथ, हस्पिटल लाईन हुँदै ईट्टाभट्टीस्थित  एशियन होटलमा पुगेर समापन गरिएको थियो । 

    र्‍यालीमा डिष्ट्रिक गभर्नर टीमसहित एरिया ३ र ४ अन्र्तगतका विभिन्न क्लबका अध्यक्ष तथा सदस्य, प्रतिनिधिसहित सर्वसाधारणहरुको सहभागीता रहेको थियो । र्‍याली पश्चात आयोजना गरिएको कार्यक्रममा बोल्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का गभनर्र पुरुषेत्तम भक्त प्रधानाङ्गले क्लबहरुले सामाजिक क्षेत्रमा गरेको काम उदाहारणीय भएको बताए । उनले सबैको साथ र सहयोगबाट नै सामाजिक क्षेत्रमा रहेका क्लबहरुले सकारात्मक उर्जासहितको कार्यक्रम गर्न सफल भएकोमा धन्यवाद समेत व्यक्त गरे ।  

    कार्यक्रममा पास्ट डिष्ट्रिक गभर्नर (पीडीजी) अरुण प्रताप राणा, पिएमसिसि शुनिल वझा, पिडीजी नवराज न्यौपाने, फष्ट भिडिजी बालाराम भट्टराई, सेकेण्ड भिडीजी सन्दीप कसौधन, डिष्ट्रिक सचिव माधव खनाल, डिष्ट्रिक फाइनेसियल एडभाइजर दिनेश श्रेष्ठ, डिष्ट्रिक जिएटी अर्चित श्रेष्ठ, जिएसटी आशिष कृष्ण श्रेष्ठलगायतले भनाइ राखेका थिए ।  

    त्यस्तै एरिया–३ का एरिया चिफ शान्ति पाठक पाण्डे, एरिया–४ का एरिया चिफ दिनेश प्रसाद श्रेष्ठले कार्यक्रम आयोजना गर्नुको उद्देश्यको बारेमा प्रकाश पारेका थिए ।

    सो कार्यक्रममा सप्ताहव्यापी कार्यक्रम अन्तर्गतसबैभन्दा बढी सामाजिक क्षेत्रमा योगदान गर्ने एरिया–३ बाट रिजन चेयरपर्सन सुरेन्द्र भारी, कृष्ण प्रसाद पाण्डे, जोन चेयपर्सन अन्जील खान, शान्ति सेन्चुरी, महेश न्यौपाने, राम बेलबासे, रविन्द्र कक्षपति र नविन श्रेष्ठलाई अवार्डसहित सम्मान गरिएको थियो । 

    त्यस्तै सबैभन्दा बढी सामाजिक कार्य गर्ने एरिया–४ बाट लायन्स क्लब अफ बुटवल सयपत्री र लायन्स क्लब बुटवल हट्स, एरिया–३ बाट लायन्स क्लब बुटवल स्टार्स र लायन्स क्लब अफ बुटवल तिलोत्तमा स्टार्सलाई अवार्डसहित सम्मान गरिएको थियो ।  

    उत्कृष्ट पोशाक विधामा लायन्स क्लब अफ मायादेवी सम्मानित भएको छ । एरिया ३ अन्तरगतका क्लबहरुले मेल्भिन जोन्स जन्मजयन्तीमा सप्ताह १ सय ३० वटा सामाजिक  सेवा कार्य गरिएको एरिया चिफ शान्ति पाठक पाण्डेले बताइन । र्‍यालीमा विभिन्न विधामा उत्कृष्ट हुने क्लबलाई समेत सम्मान गरिएको थियो । जसमा सबैभन्दा बढि सदस्य सहभागी, अनुशासन लगायतका विधामा उत्कृष्ट क्लबलाई सम्मान गरिएको हो ।