२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

मौलिक संस्कृतिलाई आयआर्जनसँग जोड्ने योजना बनाएका छौं : मुख्यमन्त्री आचार्य

बुधवार , माघ २, २०८१

दाङ, २ माघ । लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा माघी मिलन कार्यक्रम गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले उक्त कार्यक्रमको आयोजना गरेको हो । थारु, मगर, नेवार लगायतका समुदायको साँस्कृतिक पहिचान झल्कने झाँकीसहित प्रदेश सरकारले भव्य रुपमा माघी मिलन कार्यक्रम गरेको छ । थारु समुदायको रैथाने खानाहरुको प्रवद्र्धन गरिएको छ । ढिक्री, खरिया, बरिया, फुलौरी लगायतका परिकारहरु समेत पस्किएको छ ।

WhatsApp Image 2025-01-15 at 2.09.37 PM (2).jpeg

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघी मिलन कार्यक्रमको उद्घाटन गर्दै मौलिक कला–संस्कृतिको संरक्षणसँगै त्यसलाई आयआर्जनसँग जोड्ने गरी प्रदेश सरकारले कार्यक्रम बनाएको बताए । ‘माघे संक्रान्ति तथा माघ साझा पर्व हो । लुम्बिनि प्रदेशमा भावनात्मक सम्बन्ध बलियो बनाउन र थप एकता कायम गर्न मद्दत गरेको छ’मुख्यमन्त्री आचार्यले भने,‘मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी छ । कला संस्कृतिलाई पर्वमा मात्रै सीमित गर्ने होइन, अन्य दिनमा पनि संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न जरुरी छ ।’ 

प्रदेश सरकारले थारु तथा मगर समुदायको कला संस्कृतिको संरक्षण गर्दै आयआर्जन बढाउन होमस्टे सञ्चालनका लागि सीप हस्तान्तरण गन उनले बताए । ‘हाम्रा कला संस्कृतिलाई जोगाउँदै समुदायको आर्थिक आम्दानीसँग जोड्न जरुरी छ । यसका लागि प्रदेश सरकारले होमस्टे सञ्चालनका लागि बजेटको व्यवस्था गरेको छ’उनले भने,‘समुदायको आर्थिक सशक्तिकरण नगर्दासम्म समृद्धि र विकासको चाहना पूरा हुन सक्दैन । यस अर्थमा कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन जरुरी छ ।’ 

प्रदेशको विविधता आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने खालको भएकाले त्यसको प्रचारप्रसार गर्दै पर्यटक आवागमनलाई बढाउन उनले जोड दिए । प्रदेश सरकारले मौलिक पर्वहरुलाई सम्मान गर्दै प्रवद्र्धनको नीति लिएको र सोहीअनुरुप प्रदेश स्थापना भएदेखि माघी पर्वलाई भव्य रुपमा आयोजना गरिदै आएको उनले जानकारी दिए । 

आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएका थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख तुलाराम घर्तीमगरले माघी साझा पर्व भएकाले यसले मौलिक कला संस्कृति संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । ‘पहिचानहरुको संरक्षण गर्न जरुरी छ । यसका लागि सभ्यता जोगाउन आवश्यक छ’उनले भने,‘प्रदेश सरकार स्थापना भएदेखि मौलिक कला संस्कृतिको संरक्षण गर्न तल्लिन छ ।’ 

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तथा पूर्वमन्त्री इन्द्रजीत थारुले माघी पर्वले एक आपसमा भावनात्मक सम्बन्ध बलियो बनाउन भूमिका खेलेको बताए । ‘मौलिक सांस्कृतिकले समुदायमा खुसी र उत्सव कायम गरेको छ’उनले भने,‘कला संस्कृतिको संरक्षण गर्दै अब आर्थिक गतिविधिलाई बढाउन जरुरी छ ।’ 

प्रदेश सभा सदस्य निमा गिरीले मौलिक कला संस्कृतिको सम्बद्र्धन सबैको साझा मुद्वा बनेको बताए । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रेखा कंडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले गरेका थिए । प्रदेश सरकारले माघी पर्वलाई सम्मान गर्दै प्रदेशभर बुधबार (आज) सार्वजनिक विदा समेत दिएको छ ।

तस्वीरहरु 

WhatsApp Image 2025-01-15 at 2.09.39 PM.jpeg
WhatsApp Image 2025-01-15 at 2.09.40 PM.jpeg
WhatsApp Image 2025-01-15 at 2.09.36 PM.jpeg
WhatsApp Image 2025-01-15 at 2.09.38 PM (1).jpeg
WhatsApp Image 2025-01-15 at 2.09.41 PM (1).jpeg
WhatsApp Image 2025-01-15 at 2.09.39 PM (1).jpeg
WhatsApp Image 2025-01-15 at 2.09.36 PM (1).jpeg
WhatsApp Image 2025-01-15 at 2.09.35 PM (1).jpeg