२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमा–६ मा तनाव व्यवस्थापन तथा जीवन जिउने कला सम्बन्धी प्रशिक्षण

शुक्रवार , माघ ४, २०८१

तिलोत्तमा, ४ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा तनाव व्यवस्थापन तथा जीवन जिउने कला सम्बन्धी उत्प्रेरणामुलक कक्षा (प्रशिक्षण) सम्पन्न भएको छ । सकारात्मक सोचको विकास र सेवा प्रवाहमा सहजता ल्याउन तथा भौतिक विकाससँगै मानवीय बिकासमा हातेमालो गर्न ‘तनाव व्यवस्थापन तथा जीवन जिउने कला सम्बन्धी उत्प्रेरणामुलक कक्षा’ प्रदान गरिएको वडाअध्यक्ष गणेश पाठकले बताए ।
करिब ३ सय जनाको सहभागीतामा तिलोत्तमास्थित दुर्गा मन्दिर १२ नम्बरमा एकदिने प्रशिक्षण सम्पन्न भएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रमको मानवसेवा आश्रमका रामजी अधिकारीले गरेका थिए । कार्यक्रममा नेतृत्व सीप, परामर्शसीप, संवेगात्मक बौद्धिकता व्यवस्थापन, उत्कृष्टताका लागि सकारात्मक सोचको विकास, तनावको अर्थ, महत्व, कारण र परिणामहरु तथा तनाव व्यवस्थापनका विविध सीपहरुबारे सैद्वान्तिक एंव व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

प्रशिक्षणको समापनमा वडाअध्यक्ष पाठकले प्रशिक्षणको क्रममा सिकेका कुराहरु व्यवहारमा लागू गरेमा आम मानिसको संवेग, भावना र सोचाइमा परिवर्तन आउने बताए । उनले समाज सकारात्मक दिशामा अघि बढ्ने र भावी वर्तमान अवस्था र पिढीका लागि पनि प्रभावकारीता वृद्धि हुने अपेक्षा गरे ।

कार्यक्रममा वडा सदस्य पूर्ण प्रसाद आचार्य (संजय), वडा सचिव कृष्ण बहादुर क्षेत्री, टोल विकासका प्रतिनिधिहरुको उपस्थिति थियो । तिलोत्तमा–६ मा रहेका आमा समूह, टोल संजाल, टोल विकास संस्था, भूपू सैनिक, कृषि संजालका प्रतिनिधिहरुलाई तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । प्रशिक्षक अधिकारीले समाजसेवामा तनाव व्यवस्थापनको आवश्यकता औल्याएका थिए भने तनावलाई सकारात्मक ऊर्जा र उत्प्रेरणामा बदल्न सकिने तरिकाबारे समेत विस्तृत छलफल गरिएको थियो । 

तिलोत्तमा नगरपालिका ६ नम्बर वडा कार्यालयको आयोजनामा भएको प्रशिक्षणमा सहभागी प्रतिनिधिहरुले आफूहरुको मनोबल उच्च बनाउने र समाज सुधार र सकारात्मक सोचमा सुधार ल्याउने विभिन्न विधिबारे जान्न पाउँदा उत्साहित भएको बताएका छन् । यसप्रकारको प्रशिक्षणले उनीहरुको व्यक्तिगत तथा पेशागत जीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यो प्रशिक्षणले आम मानिसको मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने सहभागीहरुको विश्वास छ ।