२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

शारीरिक अपांगता भएका बालबालिकाको लागि सन्धिखर्कमा घुम्ती शिविर 

आइतवार , चैत्र १, २०७७

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • अर्घाखाँची, १ चैत ।
    सक्षम परियोजना अर्घाखाँची शाखाको आयोजनामा एकदिने घुम्ती शिविर जिल्ला अस्पताल सन्धिखर्कमा सम्पन्न भएको छ । शिविरमा १८ वर्ष भन्दा मुनीका शारीरिक अपांगता भएका ६० जना बालबालिकालाई विशेषज्ञ डाक्टरबाट सेवा प्रदान गरिएको परियोजनाका सुपरभाइजर लेखनाथ आचार्यले जानकारी दिए । जसमा फिजिसियन सेवा, औषधी वितरण, परामर्श सेवा दिएको शिविरमा १२ जनालाई सहायक सामाग्री हस्तान्तरण, २६ जनाको लागि सहायक सामाग्री वितरण गर्नको लागि नाप जाँच, १२ जनाको लागि शल्यक्रियाको लागि सिफारिस गरिएको परियोजना प्रमुख आचार्यले बताए ।

    कार्यक्रम विकलाङ्ग मित्र समुह अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र सक्षम परियोजना अर्घाखाँचीको आयोजना, सिबिएमको साझेदारी, अपांगता क्षेत्रमा स्थानीय तह क्षेत्रमा काम गर्ने संस्थाको समन्वय, जिल्ला अस्पतालको सहकार्यमा एक दिने घुम्ती शिविर सम्पन्न भएको हो ।

    शिविरमा सिबिएमका सम्झना शाह, किशोर शर्माले अनुगमन गरेका थिए । कार्यक्रममा परियोजना अर्घाखाँची शाखा सहायक सुमन ढुंगाना ,पुनःस्थापन सहायक रक्षा पाण्डे, कर्मचारी नारायण खनाल, सृजनशिल अपांगता सरोकार केन्द्रका अध्यक्ष फरशुराम पाण्डे लगायतको सहभागितामा शिविर सम्पन्न भएको हो ।