२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

दलित समुदायको कानूनी अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

शुक्रवार , माघ ४, २०८१

  • 697
    Shares
  • 697
    Shares
  • तिलोत्तमा, ४ माघ । दलित समुदायको लागि संवैधानिक कानूनी अधिकार र कार्यान्वयनको अवस्था सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजना तथा सामुदायिक जागरण विकास मञ्चको संयोजनमा सो कार्यक्रम भएको तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए ।

    कार्यक्रममा संवैधानिक कानूनी अधिकार र कार्यान्वयनको अवस्था सम्बन्धी प्रशिक्षण अधिवक्ता खुमकान्त पौडेलले दिएका थिए । स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल एवं युवा क्लब र सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दलित समुदायको मुद्दामा नगरपालिका हरदम सँगै रहेको बताए । उनले समतामूलक समाजको विकास गर्न सकारात्मक सोचको आवश्यक रहेकोमा जोड दिए । 

    कार्यक्रमका सभापति तथा कार्यपालिका सदस्य सुरेन्द्र श्रीले दलित समुदायको मुद्दामा सबै एकताबद्ध भइ लाग्नुपर्ने र जनप्रतिनिधिहरुले सो को पैरवी गर्दै सामाजिक समस्याको उठान गर्नुपर्ने बताए । कार्यक्रम संयोजक तथा तिलोत्तमा नगर कार्यपालिका सदस्य रवि सेन्चुरीले समाजमा रहेको भेदभाव न्यूनीकरण गर्दै कानुनी राज्यको स्थापना गर्न र समाजका समस्याहरुलाई निराकरण गर्न सबै दलित समुदायले हातेमालो गर्नुपर्ने जरुरी रहेको बताए । उनले कार्यक्रममा सहभागीहरुले कानूनी अवस्थाबारे बुझेर समाजलाई समेत चेतनशील बनाउन गरे ।

    कार्यक्रममा नेकपा (एमाले) का नगर अध्यक्ष मिन प्रसाद पोख्रेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर अध्यक्ष रुस्तम कंडेल, राष्ट्रिय जनमुक्ति पार्टीका राधिका श्रीस, कार्यपालिका सदस्य राधा शाही, तिलोत्तमाका जनप्रतिनिधिहरु लगायतको सहभागीता थियो ।