
शुक्रवार , माघ ४, २०८१
भैरहवा, ४ माघ । पर्रोहा विद्यार्थी समाज २०५३ सैनामैना नगरपालिकाको आयोजनामा निःशुल्क सुगर (मधुमेह), प्रेसर एवं दन्त शिविर सम्पन्न भएको छ । बिहीबार रुपन्देहीको सैनामैना नगरपालिका–४ पर्रोहा माध्यमिक विद्यालयमा आयोजना भएको एकदिने शिविरमा २३५ जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख (मेयर) फणेन्द्र शर्मा, पर्रोहा माविका प्राचार्य बल बहादुर केसी, सैनामैना वडा नम्बर ४ का अध्यक्ष राम प्रसाद अधिकारी, सल्लाहकार सुवास भट्टराई, ज्ञानु के.सी. लगायतले समाजले गरेका कार्यहरु प्रशंसनीय रहेको बताए । समाजले गरेका राम्रा कामले नगरपालिकालाई पनि सहयोग भएको भन्दै राम्रा काममा सदैव साथ दिने उनीहरुले प्रतिवद्धता व्यक्त गरे । समाजका अध्यक्ष सरिता नेपालको अध्यक्षता, उपाध्यक्ष कमल पौडेलको स्वागत तथा सचिव गंगा न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।
सैनामैना नगरपालिका वडा नम्बर ४ को कार्यालयको समन्वय तथा सैनामैना फार्मेसी र खिमादेवी डेण्टल, मुर्गियाको प्राविधिक सहयोगमा शिविर भएको समाजले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij