२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

नेपाल जिम्नाष्टिक संघ लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीप उदय

शुक्रवार , माघ ४, २०८१

भैरहवा, ४ माघ । नेपाल जिम्नाष्टिक संघ लुम्बिनी प्रदेश गठन गरिएको छ । जिम्नाष्टिक संघका प्रतिनिधि सन्तोष पाण्डे र प्रदेश खेलकुद परिषद लुम्बिनीका प्रतिनिधि अमृत के.सी.को उपस्थितिमा बिहीबार संघको लुम्बिनी प्रदेश समिति गठन भएको हो । बिहीबार रुपन्देहीको बुटवलमा भएको भेलाले प्रदीपकुमार उदयको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा निर्मित कसजु, कमला शर्मा पोखरेल, सचिवमा मोहन लाल जोशी र कोषाध्यक्षमा आयुष बोगटी रहेका छन् । त्यस्तै सदस्य (महिला) मा कदम शर्मा, सदस्यहरुमा मधुसुदन शर्मा (मुनाल), झविन्द्र फुल्लेल, सचिन कुँवर, अरुण प्रधान, डा. जुनेद मोहम्मद र सुमन अधिकारी रहेका छन् ।

सह–कोषाध्यक्ष (महिला) र १ जना सदस्य (महिला) पछि मनोनित गर्ने निर्णय भएको अध्यक्ष उदयले जानकारी दिए ।