२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

माधव नेपालबाहेक नेकपा एसका सबै नेता–कार्यकर्तालाई एमालेको ढोका खुला छ : शंकर पोखरेल

शुक्रवार , माघ ४, २०८१

  • 805
    Shares
  • 805
    Shares
  • काठमाडौं, ४ माघ ।
    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक एकीकृत समाजवादीका सबै नेतालाई एमालेमा स्वागत गर्ने बताएका छन् ।

    प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा भित्राउदै पोखरेलले माधव नेपालले एमाले फुटाएर माधव नेपालले ठूलो गल्ती गरेको भन्दै उहाँका लागि एमालेको ढोका खुला नभएको बताएका हुन् ।

    माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठुलो भुल गरेको समेत उनले बताए । नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उनको भनाइ छ । त्यही दुर्घटनामा माधव नेपाल पनि परेको पोखरेलले दावी गरे ।

    एमालेभित्र लामो जीवन बिताएका र योगदान गरेका नेता–कार्यकर्ताले आफ्नो भविष्य सुरक्षित गर्ने हो भने समाजवादीमा अलमलिन नहुने उनले बताए । त्यस्तै उनले सरकारले दल विभाजनको अध्यादेश ल्याउला र आफ्नो पार्टी सकिएला भन्ने चिन्ता माधव नेपाललाई भएको बताए । 

    लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका महासचिव पोखरेलले देशका पक्षमा उभिएको कारण केपी ओलीमाथि आक्रमण भएको र ओलीमाथिको आक्रमण मुलुकमाथिको आक्रमण भएको तर्क गरे ।

    कार्यक्रममा एकीकृत समाजवादी निकटसमाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी लगायतको केन्द्रीय सदस्यहरु प्रेस चौतारीमा फर्किएका थिए ।