२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रलोभनमा नपरी जहाँका लागि श्रमस्वीकृति लिएको हो, सोही मुलुकमा रहन आग्रह

शनिवार , माघ ५, २०८१

अमर पन्थ
पोल्याण्ड, ५ माघ । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले हालैका दिनमा रोमानिया, क्रोयशिया, माल्टा लगायतका मुलुकहरुमा वैदेशिक रोजगारीका सिलसिलमा कार्यरत नेपाली नागरिकहरुलाई विभिन्न प्रलोभन देखाइ पोल्याण्ड तथा बुल्गेरियामा गैरकानूनी रुपमा ओसारपसार गर्ने गतिविधि भइरहेको भन्ने सूचना प्राप्त भएको जनाएको छ । 

नेपाली राजदूतावासले शनिबार सूचना जारी गर्दै टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालहरु समेतको प्रयोगमार्फत यसप्रकारका प्रलोभन तथा झुठा विवरणको प्रचारप्रसार भएको पाइएको जनाएको हो ।
‘नेपालबाट विधिवतरुपमा जुन मुलुकको लागि श्रमस्वीकृति लिएको हो सोही मुलुकमा कार्यरत रहन र यसप्रकारका प्रलोभनमा नपर्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ । साथै, यसप्रकारका गैरकानूनी कार्यहरुमा कुनै पनि तरिकाले संलग्न नहुन सम्बन्धित सबैलाई सचेत गराइन्छ,’ सूचनामा भनिएको छ ।

यस्तो गलत कार्यमा कोही संलग्न भएको भए सोको प्रमाणसहित सम्बन्धित पीडितलाई राजदूतावासमा उजरी गर्न समेत सूचनामार्फत आग्रह गरिएको छ ।

472844655_1027676572729664_7634935042288354408_n.jpg