२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

दुर्गा सामुदायिकको चौधौं साधारणसभा सम्पन्न

आइतवार , माघ ६, २०८१

  • 778
    Shares
  • 778
    Shares
  • भैरहवा, ६ माघ । श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका ३, ५ र ६ को चौधौं साधारण सभा शनिबार भैरहवामा सम्पन्न भएको छ । सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले उद्घाटन गरेका थिए । सो अवसरमा एसपी राठौरले शान्ति सुरक्षामा सहकार्य गर्दै जानुपर्नेमा जोड दिए ।

    8a2725c4-0600-4200-a31a-f9b3e8a9bd8b.jpg

    केन्द्रका वरिष्ठ उपाध्यक्ष आनन्द प्रसाद न्यौपानेको स्वागत तथा महासचिव  शान्ता कंडेलको सञ्चालनमा भएको कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, सेवा केन्द्रका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, संस्थापक अध्यक्ष तथा सल्लाहकार संजय बजिमय लगायतले भनाइ राखेका थिए ।

    कार्यक्रममा दुर्गा सामुदायिक सेवा केन्द्रकी महासचिव शान्ता कंडेलले वार्षिक प्रतिवदेन र कोषाध्यक्ष कोषाध्यक्ष नन्दकिशोर यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा सञ्चार क्षेत्रबाट उत्कृष्ट कार्य गरेको भन्दै रुपन्देही एफ.एम.का स्टेशन म्यानेजर शंकर प्रसाद पाण्डेलाई सम्मान गरिएको थियो । पाण्डे लुम्बिनी प्रेस क्लबका निवर्तमान महासचिव तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान कार्यसमिति सदस्य हुन् । त्यसै गरी एकता महिला समूह,सक्षम सहारा बहुउद्देश्यीय महिला समूह, दिदीबहिनी समूह, बद्री आई क्लिनिक र रेड वींग्स रेष्टुरेण्ट लगायतलाई पनि सम्मान गरिएको थियो ।

    a97e48ad-62ee-4885-91d3-1e4359a2627a.jpg

    वि.सं.२०६८ सालमा स्थापना भएको दुर्गा सामुदायिक सेवा केन्द्रमा १०३ जना आजीवन सदस्य तथा १८ जना साधारण सदस्य छन् ।