
आइतवार , चैत्र १, २०७७
अर्घाखाँची, १ चैत ।
विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले हरेक क्षेत्रमा राजनीति रहे देश समृद्व हुन नसक्ने बताएका छन् । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता मिश्रले यस्तो बताएका हुन् ।
सार्वजनिक भएका भ्रष्टाचार काण्ड र ती काण्डहरुले देशलाई खोक्रो बनाउँदासम्म विभिन्न आकर्षित नारा बनाएर जनताको मानसिकतासंग खेलवाड भइरहेको समयमा नागरिकले पुरानो मानसिकता त्याग्न नसकेको उनको भनाइ छ । त्यसको विरोध जनाउने समयमा ताली बजाउँदा आज नेपाली राजनीतिक क्षेत्र फोहोरी खेलमा प्रवेश गरेको मिश्रको भनाइ छ । अर्कोतर्फ अन्य दलहरुले समाजवादको नारा र्दिरहेको उल्लेख गर्दै उनले आफुहरु स्वास्थ्यवाद, शिक्षावाद, शुसासनवाद र जनतावादमा विश्वास गर्ने पार्टी भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij