२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भूमि आयोग रुपन्देहीका अध्यक्ष थापालाई भलाई कोषले गर्‍यो सम्मान

आइतवार , माघ ६, २०८१

बुटवल, ६ माघ । नेपाल सरकारद्वारा हालै मात्र रुपन्देही जिल्लाको भूमि समस्या समाधान आयोगका अध्यक्षमा नियुक्त भएका कुमार थापालाई यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले आइतबार सम्मान गरेको छ । कोषका पूर्वअध्यक्ष एवं मानार्थ सदस्य रहेका थापालाई भूमि समस्या समाधान आयोग रुपन्देहीको अध्यक्षमा सरकारले नियुक्त गरेको भन्दै कोषले सम्मान गरेको हो ।

त्यस अवसरमा बोल्दै नवनियुक्त अध्यक्ष थापाले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा गम्भिर भएर लाग्ने बताए । आफू यो पदमा नियुक्त हुनु भलाई कोषको लागि पनि गर्वको विषय भएको भन्दै उनले आयोगले एकचरणमा भूमिहीनका निवेदन लिइसकेको र थप छुटपुट भए फेरि एकपटक आवेदनको मौका दिने गरी तयारी भएरहेको बताए । 

कोषका अध्यक्ष दिनेश फुल्लेलले संस्थाका पूर्वअध्यक्ष एवं मानार्थ सदस्य कुमार थापा भूमि समस्या समाधान आयोग रुपन्देहीको अध्यक्षमा नियुक्त हुनु कोषको लागि पनि गौरवको विषय भएको बताए ।