२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रूपन्देही सुपर लिग : एमसीसीको सानदार जीत

आइतवार , माघ ६, २०८१

भैरहवा, ६ माघ । भैरहवामा जारी रुपन्देही सुप रलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसीसी) ले सानदार जीत हात पारेको छ । मेलवर्नले जेआर क्रिकेट क्लबलाई १० विकेटले पराजित गर्दै सानदार जीत निकालेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जेआरले मौसमका कारण ३२ ओभरमा छोट्याइएको खेलमा ३१ ओभर ५ बलमा सबै विकेट गुमाउँदै जम्मा ६२ रन बनायो । उसका लागि विनय जिसीले १८ र कुशल भूर्तेलले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा मेलवर्नका विपिन आचार्यले ४ तथा रमेश कुर्मी, इकलाख अहम्मद वारिस र सन्दीप रजालीले समान २–२ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको मेलवर्नले ११ ओभर २ बलमा विना क्षति ६३ रन बनाउँदै फराकिलो जीत निकाल्यो । उसको जीतमा अमन खनालले अविजित २७ र आदित्य यादवले नटआउट २१ रनको योगदान गरे । खेलमा विपिन आचार्य म्यान अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले जानकारी दिए ।