
आइतवार , माघ ६, २०८१
भैरहवा, ६ माघ । लायन्स क्लब अफ भैरहवा वेष्टद्वारा आयोजित नेपाल लेन्स इन्टर लायन्स फुटसल प्रतियोगिताको उपाधि आयोजकले नै जितेको छ । फाइनल खेलमा लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्धलाई ४–२ गोल अन्तरले पराजित गर्दै लायन्स क्लब अफ भैरहवा वेष्टले उपाधि जित्न सफल भएको हो ।
रुपन्देहीको भैरहवामा आयोजित प्रतियोगितामा ८ वटा स्थानीय लायन्स क्लबको सहभागीता रहेको क्लबका संस्थापक अध्यक्ष संजय सिंह के.सी.ले बताए । प्रतियोगिताका संयोजक राजु के.सी.का अनुसार लिग चरणबाट लायन्स क्लब अफ भैरहवा वेष्ट, लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी, लायन्स क्लब अफ सिद्धार्थनगर युथ र लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध सेमीफाइनलमा प्रवेश गर्न सफल भएका थिए ।
उद्घाटन खेल लायन्स क्लब अफ सिद्धार्थनगर र लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धबीच भएको थियो । उक्त खेलमा लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध जित्न सफल भएको थियो ।
प्रतियोगिताको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख अतिथि डिष्ट्रिक गभर्नर प्रधानाङ्गले लायन्स क्लबले सामाजिक कार्यसँगै खेलकुद गतिविधिलाई पनि अगाडि बढाएको बताए । कार्यक्रममा लायन्स डिष्ट्रिक फस्ट भाईस डिष्ट्रिक गभर्नर बालराम भट्टराई, पास्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका बिसन गुरुङ प्रतियोगिताको ‘प्लेयर अफ द टुर्नामेन्ट’ र प्रतियोगितामा कुल ९ गोल गर्दै लायन्स क्लब अफ भैरहवा वेष्टका समिर पौडेलले ‘सर्वाधिक गोलकर्ता’ घोषित भइ ट्रफी पुरस्कार पाएका थिए । त्यसै गरी उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकको उपाधि लायन्स क्लब अफ भैरहवा वेष्टका रोशन शर्मा र मोहन बहादुर थापाले पाउन सफल भएका थिए ।
प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि पास्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, जोन चेयरपर्सन अरुण पन्थी र मुख्य प्रायोजक नेपाल लेन्सका तर्फबाट रितेश गौतमले खेलाडीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण वितरण गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ भैरहवा वेष्टका संस्थापक अध्यक्ष संजय सिंह के.सी.ले सम्पूर्ण सहभागी क्लबहरुलाई खेलकुदको भावनासहित सहभागी भएर कार्यक्रम सफल बनाउन सहयोग गरेको भन्दै आभार व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij