
सोमवार , माघ ७, २०८१
भैरहवा, ७ माघ । नेपालले ४७ औं जेएसकेअ–इन्टरनेशनल कराते च्याम्पीयनसीप–२०२५ मा नेपालले २ स्वर्ण पदकसहित २ रजत र ३ कास्य गरी ७ वटा पदक जित्न सफल भएको छ ।
कुमिते विधामा आबिस्कार श्रेष्ठले स्वर्ण र काता विधामा कास्य पदक जितेका छन् । त्यस्तै एरोन शेरचनले कुमिते विधामा स्वर्ण, आइलेश जंग थापाले कुमिते विधामा रजत र काता बिधामा कास्य पदक जितेका छन् । त्यसै गरी सान्वी राज्य लक्ष्मी चन्दले कुमिते विधामा रजत र बेद जैसवालले कुमिते विधामा कास्य पदक जितेको नेपाल वादारियो कराते डो संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष कमरुद्दीन अलीले बताए ।
भारतको केरलामा २०२५ जनवरी १८ र १९ गते भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, कुवेत र कतार गरी पाँच देशका १५० जना बढी खेलाडीहरुको सहभागीता अलीले जानकारी दिए । उनका अनुसार यो प्रतियोगितामा नेपालबाट पाँचजना खेलाडीको सहभागीता थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij