
सोमवार , माघ ७, २०८१
भैरहवा, ७ माघ । सिद्धार्थ होटल संघ, नेपाल (सान) ले आगामी २०८२ जेठ १६ गते भैरहवामा साधारण सभासँगै सत्कार दिवस मनाउने भएको छ । संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ (सिपी) को अध्यक्षतामा आइतबार भएको बैठकले सो निर्णय गरेको हो ।
बैठकले होटल व्यवसायीको लागि सरकारले विशेष योजनाका साथ काम गर्न नसकेको भन्दै ध्यानाकर्षण समेत गराएको छ । त्यसै गरी विद्यमान पर्यटन नीति पर्यटनमैत्री नभएकोले तत्काल सरोकारवालासँग समन्वय गरी पर्यटन नीति फेरबदल गरी पर्यटनमैत्री नीति बनाउन माग समेत गरेको छ ।
सिद्धार्थ होटल संघ नेपाल होटल एशोसियसन नेपालको क्षेत्रीय संस्थाको रुपमा स्थापित रहेको छ । यो संस्थामा तारे होटलदेखि पर्यटकीय होटलसम्म गरी ७० भन्दा बढी होटल आबद्ध रहेका छन् ।
बैठकले नेपाल पर्यटन बोर्डको समन्वयमा भियतनाममा हुने पर्यटन प्रबद्र्धन कार्यक्रममा सहभागी हुने निर्णय पनि गरेको छ । त्यसै गरी मायादेवी सुत्केरी मार्गको प्रवद्र्धनको लागि विशेष योजनाकासाथ कपिलवस्तुको तिलौराकोटदेखि लुम्बिनीसम्म स्थानीयहरुको सहभागीतामा पदयात्रा गर्ने निर्णय समेत गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij