२०८३, भाद्र ३१ गते

Sep 16 2026 | २०८३, भाद्र ३१ गते

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?

सोमवार , माघ ७, २०८१

  • 925
    Shares
  • 925
    Shares
  • दाङ, ७ माघ । लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सैद्वान्तिक सहमति प्रदान गरेको छ । 

    लुम्बिनी प्रदेश समसामायिक कर, राजस्व संकलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रलाई स्वीकृति प्रदान गर्ने, लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई जग्गाको व्यवस्थापनको लागि प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरेर पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताए । 

    बैठकले प्रदेशका केही सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय पनि गरेको छ । डा. ओम अर्याललाई प्यूठान अस्पताल र त्यहाँ कार्यरत ११ औं तहका डा.विनोद सिंहलाई रोल्पा अस्पतालमा खटाउने समेत बैठकले निर्णय गरेको छ । 

    गत वर्षको दायित्व भुक्तानी दिने बारेमा पनि बैठकले निर्णय गरेको छ । ‘गत वर्ष कामसम्पन्न भएको तर, भुक्तानी दिन बाँकी रहेकाको हकमा बैठकले निर्णय गरेर निकास दिएको छ’प्रवक्ता पन्थीले भने,‘काम सम्पन्न भएर पनि भुक्तानी नपाएकाहरुले अब भुक्तानी पाउने गरी निर्णय भएको छ ।’