२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

उपप्रमुख महिला कपको रनिङ शिल्ड मनकामना र नेपाल नालन्दालाई

सोमवार , चैत्र २, २०७७


भैरहवा, २ चैत । 
सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको आयोजनामा उपप्रमुख दोस्रो महिला कप–२०७७ को रनिङ  शिल्ड मनकामना इङलिस हाई स्कूल र नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयले संयुक्त रुपमा हात पार्न सफल भएका छन् । रनिङ शिल्ड विजेताले नगद ३१ हजार समेत प्राप्त गरेका छन् । त्यसै गरी भलिबलतर्फ मनकामना इङलिस हाई स्कूल प्रथम भएको छ । आदर्श विद्या मन्दिर दोस्रो र नेपाल नालन्दा बोर्डिङ स्कूल तेस्रो भएका छन् । 

एथलेटिक्स जुनियरतर्फ मनकामना इङलिस हाई स्कूल स्कूल प्रथम, नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालय दोस्रो र साई ग्लोबल मा.वि. तेस्रो भएको राजकुमार गुरुङले बताए । त्यसै गरी एथलेटिक्समा सिनियरतर्फ नेपाल नालन्दा प्रथम, जेसिज बोर्डिङ सेकेण्डरी स्कूल दोस्रो तथा आदर्श विद्या मन्दिर र साई ग्लोबल मा.वि. तेस्रो भएका छन् । त्यसै गरी वक्तृत्वकला प्रतियोगितामा मनकामना स्कूलकी झरना जिसी प्रथम, जेसिजस्कूलकी प्रिति मरासिनी दोस्रो, नेपाल नालन्दाकी आयुसा ज्ञवाली तेस्रो र बु द्धज्ञान निकेतनकी मेहेक मनसुरी सान्त्वना भएको निर्णयक मण्डलका बालकृष्ण भट्टराईले बताए ।

प्रतियोगिता उद्घाटन अघि शुक्रबार आयोजित ¥यालीमा सहभागी २८ विद्यालयमध्ये बुद्ध ज्ञान निकेतन प्रथम, लुम्बिनी सिर्जना बोर्डिङ स्कूल दोस्रो  आदर्श विद्या मन्दिर तेस्रो भएका छन । नगरपालिकाका उपप्रमुख उमा काफ्लेको अध्यक्षतामा आइतबार भएको समापन समारोहमा प्रमुख अतिथि संविधानसभा सदस्य आदित्य नारायण कसौधनले नगरपालिकाले खेलकुद क्षेत्रको विकासको लागि राम्रो काम गरेको बताए । नगरप्रमुख हरि प्रसाद अधिकारीले सिद्धार्थनगर नगरपालिकाले खेललाई महत्व दिएको बताए । उनले खेललाई निरन्तरता दिने र खेलाडीलाई प्रोत्साहन गर्ने बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले खेलकुद क्षेत्रको विकासमा नगरपालिकाले ध्यान दिएको बताए । कार्यक्रम संयोजक विष्णु प्रसाद पन्थीको स्वागत तथा सामूहिक विद्यालय परिवार रुपन्देहीका सचिव युवराज पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । उपप्रमुख दोस्रो महिला कप–२०७७ को व्यवस्थापन सामूहिक विद्यालय परिवारले गरेको थियो ।