२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमाका १५ जना नगर प्रहरी दिक्षित

मंगलवार , माघ ८, २०८१

भैरहवा, ८ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आह्वान गरेको नगर प्रहरी भर्नाबाट छनोट भएका १५ जना नगर प्रहरीलार्ई आइतबार दिक्षित गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीमा विगत एक महिनादेखि आधारभूत तालिम लिएका नगर प्रहरीलाई तालिमको समापनसँगै दिक्षित गरिएको हो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद भण्डारी र गणका गणपति आनन्द थापा मगर तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगर प्रहरीलाई सामूहिक रुपमा दिक्षित गरेका हुन् । 

सोही अवसरमा नगरप्रमुख रामकृष्ण खाणले तालिम सकाएर दिक्षित भएका नगर प्रहरीहरुलाई स्वागत गदै नगरबासीलाई सुरक्षाको प्रत्याभूति दिलाउनका लागि नै नगर प्रहरीको संख्या बढाइएको बताए । उनले राज्यको दायित्व पहिला गास, बास र कपास रहेकोमा त्यसमा अहिले शिक्षा, स्वास्थ्य र सुरक्षा थपिएकोले स्थानीय तहले पनि नगरबासीको सुरक्षाको जिम्मा लिनुपर्ने भएकाले नगर प्रहरीको जिम्मेवारी  निकै प्रभावकारी हुने धारणा राखे । 

नगर उपप्रमुख जगेश्वरी देवी चौधरीले तालिमका दौरानमा सिकेका विषयलाई  कार्यस्थलमा हुबहु प्रयोग गर्दै नगर र सार्वजनिक सम्पत्तिको सुरक्षासँगै आम नागरिकको सेवामा नगर प्रहरी खट्ने विश्वास व्यक्त गरिन् । 
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद  भण्डारीले  तालिममा सिकेका विषयलाई व्यवहारमा कार्यान्वयन गर्न सुझाव दिए ।

347d18ba-83c6-4cfd-bd07-75a9790998cc.jpg

सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा., रुपन्देही गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरको अध्यक्षतामा दीक्षान्त कार्यक्रम सम्पन्न भएको थियो ।

021e0861-52bb-41b9-a1de-b444ac99fb10.jpg