
बुधवार , माघ ९, २०८१
रूपन्देही, ९ माघ । मानवसेवा आश्रमले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि सुरू भएको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको दोस्रो दिन गुरू भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गरेका छन् । मंगलबार बुटवल उपमहानरपालिका–११ निवासी गौतम ज्ञवालीले भवनको स्तरोन्नतिको लागि ५१ हजार १ सय १५ रूपैयाँ प्रदान गरेका छन् ।
त्यस्तै तिलोत्तमा नगरपालिका–१५ निवासी बाबुलाल भुसाल र हरिकला भुसालद्वारा महायज्ञमा १५ हजार ५ सय ५५ रूपैयाँ, तिलोत्तमा–८ निवासी ढालानन्द चालिसेले भनवको निर्माणमा सहयोग गर्ने उद्देश्यले १५ हजार ५ रूपैयाँ प्रदान गरेका हुन् । त्यसै गरी देवदह नगरपालिका–२ निवासी गंगाबहादुर नेपाली र जमुना नेपालीले आफ्नै वैवाहिक वर्षगाँठको अवसर पारी महायज्ञमा १० हजार रूपैयाँँ प्रदान गरेका छन् । बुटवल उपमहानगरपालिका–१३ निवासी लक्ष्मी ज्ञवालीले ५ हजार १ सय १ रूपैयाँ र तिलोत्तमा ५ मणिग्राम निवासी एकजना दाताले गोप्य दानमार्फत २१ हजार रूपैयाँ दान गरेको आश्रमले जनाएको छ ।
मानवसेवा आश्रमको आयोजनमा रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम (प्रदर्शनी हुने स्थान) सोमबारदेखि सुरू भएको महायज्ञ माघ १४ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा बिहान ५ बजेदेखि ७ बजेसम्म योग शिविर, ८ बजेदेखि १० बजेसम्म विद्यार्थीहरूको लागि मानवता प्रवर्द्धनका लागि मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम, बेलुका ६ बजेदेखि सन्ध्या भजनकृर्तनका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
मानवता प्रवर्द्धनका लागि १२ वर्षदेखि अनवरत रूपमा क्रियाशील संस्था मानवसेवा आश्रमले महायज्ञमा सहयोग गरिदिन समेत आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij