
बुधवार , माघ ९, २०८१
भैरहवा, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन् ।
जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएपछि मुद्दाको प्रतिवादका लागि लामिछाने अदालतमा उपस्थित भएका हुन् ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा गत माघ ६ गते अदालतमा दर्ता भएको पुरक अभियोगपत्रमा उनलाई प्रतिवादी बनाइएको छ ।
लामिछाने बिरुद्धका मुद्धा जिल्ला न्यायिधश प्रह्लादकुमार योगीको इजलासमा परेको छ । लामिछाने बिरुद्धके बहस अहिले मधयान्न १२ बजेबाट शुरु हुने अदालत श्रेतले जनाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीको तर्फबाट जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेल र जिल्ला सहन्यायधिवक्ता गोकर्ण घिमिरेले बहष गर्नेछन् भने लामिछानेको तर्फबाट शशिल पन्त, नारायण कणेल, गोविन्द मरासिनी लगाएतले बहष गर्ने तयारी छ ।
लामिछानेको बयान र बहष सकिएपछि त्यस लगत्तै थुनछेक बहस सुरु हुनेछ ।
हालसम्म सहकारीको रकम अपचलन गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीमा कुल ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । यी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कुल एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदावी गरिएको छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता छन् भने एक हजार ८ सय ७२ जनाले कुल ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका हुन् ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा धरौटी बुझाएर रिहा भएका थिए । कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटीमा उनी थुनामुक्त हुनु भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij