२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेशका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी

बुधवार , माघ ९, २०८१

दाङ, ९ माघ । लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी बाबुराम अधिकारीले सम्हालेका छन । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका (देउखुरी) मा प्रमुख सचिव अधिकारीको स्वागत गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अणप्रसाद न्यौपाने, ईश्वरराज पौडेल लगायत कर्मचारीहरुले प्रमुख सचिव अधिकारीको स्वागत गरे । 

जिम्मेवारी सम्हाल्दै प्रमुख सचिव अधिकारीले स्थानीय निजामती सेवा नियमावलीको मस्यौदा तर्जुमा र प्रदेश निजामती सेवा नियमावली, २०८० मा आवश्यक संशोधनका लागि कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । स्थानीय निजामती सेवा ऐन २०८१ तर्जुमा र प्रदेश निजामती सेवा ऐनमा आवश्यक संशोधन भइसकेको छ । अब दुवै ऐन कार्यान्वयनका लागि नियमावली बनाउन थालिएको हो । 

प्रदेश सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । जसका सदस्यहरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी प्रशासन शाखाका उपसचिव, शासकीय सुधार तथा समन्वय शाखाका उपसचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव सदस्य र मुख्यमन्त्री कार्यालयका कानून उपसचिव सदस्य सचिव रहेका छन । यसअघि अधिकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा कार्यारत थिए ।

23ff1be8-f352-4eef-a4e1-4bb71d8ad211 (1).jpg