२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स सिद्धार्थनगर युथद्वारा बृहत स्वास्थ्य शिविर, १ हजार बढीले लिए सेवा

बुधवार , माघ ९, २०८१

भैरहवा, ९ माघ । लायन्स क्लब अफ सिद्धार्थनगर युथले एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर (आँखा र दाँत परीक्षण) गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित श्री पशुपति माध्यमिक विद्यालयमा मंगलबार शिविर गरिएको क्लबको वर्ष २०२४/०२५ का अध्यक्ष निकेश देव हटुवालले बताए । शिविरको तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाणले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै नगरप्रमुख खाणले विद्यालयमा स्वास्थ्य शिविर आयोजना गर्नु महत्वपूर्ण रहेको बताए ।

WhatsApp Image 2025-01-21 at 7.27.45 PM.jpeg

विराट गुरुङको सञ्चालनमा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, फस्ट भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराईको विशिष्ट आतिथ्यता तथा एरिया–५ का एरिया चिफ अभिनव मयूर कसौधनको आतिथ्यता रहेको थियो ।

शिविरमा युसीएमएसबाट डा. बनिता गौतम नेतृत्वको टीमले दन्त परीक्षण गरेको थियो । शिविरमा ३१० जना विद्यार्थीहरुको दाँत परीक्षण गरेको कार्यक्रम संयोजक अनुप भट्टराईले बताए । 

त्यस्तै लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको टोलीले विद्यार्थीहरुको आँखा परीक्षण गरेको थियो । शिविरमा ८०३ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये ५० जनामा आँखा सम्बन्धि समस्या देखिएको क्लबले जनाएको छ । 

लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष निकेश देव हटुवालका अनुसार आँखाको समस्या देखिएका विद्यार्थीहरुलाई उपयुक्त पावर आई ग्लास वितरण गर्ने क्लबको योजना रहेको छ ।

WhatsApp Image 2025-01-21 at 7.27.46 PM (1).jpeg