
शुक्रवार , माघ ११, २०८१
रुपन्देही, ११ माघ । रुपन्देहीको सियारी गाउँपालिकाले सियारी ५ मा रहेको जलदेवी मत्स्य सहकारी सस्थालाई डिफ्रिज सहयोग गरेको छ । छपियाको माछाको बजारीकरण र प्रबद्धनमा टेवा पु¥याउन भन्दै गाउँपालिका र प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम) नेपालले डिफ्रिज सहयोग गरेका हुन् ।
छपियाको माछाले नेपालमै ख्याती कमाएपनि फ्रिजको अभावका कारण बजारीकरणमा समस्या झेल्नु परेको गुनासोलाई सम्बोधन गर्नै पालिकाले फ्रिज हस्तान्त्रण गरिएको पालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
पालिकाले आर्थिक बर्ष २०८१/०८२ को बजेटबाट १० बटा फ्रिज उपलब्ध गराएको तथा सिडिएम नेपालसंगको सहकार्यमा थप ८ वटा गरी १८ बटा फ्रिज हस्तान्त्रण गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
लुम्बिनी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, सिडिएम नेपालका उपाध्यक्ष जगन्नाथ प्रसाद कुर्मी, सल्लाहकार बिष्णु खरेल लगाएतले सहकारीलाई उक्त फ्रिज हस्तान्त्रण गरेका हुन् ।
फ्रिज उपलब्ध भएपछि सहकारीले माछाको बजारीकरणमा लाग्ने जनाएको छ । सहकारीका अध्यक्ष थम्मनबहाद्र पौडेलले पालिका र सिडिएम नेपालबाट उपलब्ध भएका फ्रिजलाई बुटवल, भैरहवा, पाल्पा र स्याङ्जाका बिभिन्न स्थानमा पु¥याएर छपियाको फ्रोजन गरिएको ताजा माछाको बजारीकरणमा लागिएको बताए ।
लुम्बिनी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले छपियाको माछाको बजार प्रबद्धनका लागि प्रदेश सरकारले आबश्यक सहयो गर्ने बताए । उनले सरकार, व्यवसायि र किसान मिलेर छपियाको माछालाई बजारीकरणमा ध्यान दिनु पर्ने बताउदै भारतबाट आउने अबैध माछालाई रोक्न सरकारले सिमा सुरक्षाको निम्ती खटिएको सशस्त्र प्रहरीलाई निर्देशन दिने बताए ।
सिडिएम नेपालका उपाध्यक्ष जगन्नाथ प्रसाद कुर्मी तथा सल्लाहकार बिष्णु खरेलले बिश्वव्यापी रुपमा परेको जलवायु परिवर्तनको असर कम गर्न हरित रोजगारकम क्षेत्रमा काम गर्दै आएको बताउदै सहकारीलाई बजार व्यवस्थापन र प्रबद्धनका लागि फ्रिज सहयोग गरिएको बताए ।
सो अबसरमा प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, परियोजना कार्यन्वयन एकाई रुपन्देहीका प्रमुख नारायण काफ्ले, मत्स्य शुद्ध नश्ल शंरक्षण तथा प्रबद्धन श्रोत केन्द्र रुपन्देहीका प्रमुख रमेश जैसवाल, सियारी वडा नम्बर ५ का वडा अध्यक्ष धनपति खरेल लगाएतले बोल्दै छपियाको माछालाई बजारीकरण, प्रबद्धन र प्रचारप्रसारमा सबैले भुमिका खेल्नु पर्ने बताए ।
जलदेवि मत्स्य उत्पादक सहकारी सस्थाका व्यवस्थापक पार्वती सुवेदी भट्टराईको सञ्चालन तथा सल्लाहकार मिनप्रसाद भट्टराईको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij