२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा स्रोत नखुलेको २४ लाख रूपैयाँ बरामद

शनिवार , माघ १२, २०८१

भैरहवा, १२ माघ । सशस्त्र प्रहरीले रूपन्देहीमा स्रोत नखुलेको २४ लाख बढी बरामद गरेको छ । सिद्धार्थनगर नगरपालिका–१, डण्डा क्षेत्रबाट बिहीबार रकम बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (बि.ओ.पी.) डण्डाको चेकप्वाइन्टमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीले उक्त रुपैयाँ बरामद गरेको हो ।

लु ९२ प ३५४६ नम्बरको स्कुटरमा सवार व्यक्तिको शरीर तथा सवारीसाधन चेकजाँच गर्दा २४ लाख १३ हजार १३० रुपैयाँ नेपाली र भारतीय १ हजार ५ सय ४० रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरले नियमित चेकजाँचका क्रममा स्रोत नखुलेको रकम बरामद गरिएको जानकारी दिए ।

बरामद गरिएको रकमसहित भारतको महाराजगंज, नौतनवा ग्रामपंचायत वडा नम्बर ४, नौतनवा बस्ने २३ वर्षिय अभिषेक अग्रहरी र स्कुटर पनि नियन्त्रणमा लिइएको छ । एसपी थापा मगरले स्कुटरको मूल्य १ लाख ५० हजार कायम गरिएको बताए ।

बरामद नगद, स्कुटर तथा मानिसलाई नियन्यत्रणमा लिइ आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवलमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।