
सोमवार , चैत्र २, २०७७
लुम्बिनी चैत्र २ गते ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार ज्ञिपाठीले लुम्बिनी क्षेत्र चरा पर्यटनको स्वर्ग भएको बताए । पानी, सिमसार र घासेमैदानमा बस्ने ३ सय बढी चरा लुम्बिनी आसपास देख्न पाईने हुदा मुलुकको चरा पर्यटनको उत्कृष्ट गन्तब्य रहेको बताएका छन् । । जलपंक्षी गणनामा सहभागी स्थानीय संयोजक चराविद् तथा नेचर गाईडको तेस्रो राष्ट्रिय कार्यशाला गोष्ठीको सोमवार उद्घाटन गर्र्दै उनले चरा संरक्षणकालागि बेलैमा योजना बनाउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीले चराकै महत्व बुझाउन नगरपालिकाले उड्ने सक्ने विश्वकै अग्लो पंक्षी सारसलाई नगर पंक्षी घोषणा गरेका बताए । सारस संरक्षणको योजना बनाएका छौं उनले भने शान्तिकालागि लुम्बिनी आउनेलाई सारसको मनमोहकताले लोभ्याएर लेन्थ अफ स्टे बढाउन लागेका छौं ।
जलपंक्षी गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा. हेमसागर बरालले चरा पर्यटनको आकर्षण थप्न पानी चराले खेल्ने भूमिकाबारे बताएका थिए । कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडयाल र हिमाली प्रकृतिका कार्यक्रम निर्देशक डा. तुल्सी सुवेदी लगायतले सिमसार क्षेत्र संरक्षण गरेर चरा संरक्षण गर्न खेल्नु पर्ने भूमिकाकाबारेमा चर्चा गरेका थिए ।
जलपंक्षी गणना व्यवस्थित र वैज्ञानिक बनाउन सहयोग पु¥याउने उद्देश्यले आयोजित छलफलमा गणनाका विषयमा विकास भएका नया तौर तरिका, प्रविधि र योजनाबारे जानकारी दिईएको छ । नेपालमा प्रत्येक वर्ष मध्य हिउँदमा हुने जलपंक्षी गणना राष्ट्रिय रुपमा संयोजन गर्दै आएको हिमाली प्रकृतिको आयोजनामा हुने कार्यक्रममा चरा गणनाको तथ्यांक संकलन, गणना र शुद्धताकाबारे पनि निचोड निकालिएको छ ।
नेपालका सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणकालागि गर्नु पर्ने कामकाबारे पनि स्थान विशेषकाबारे अन्तक्र्र्रिया गरिएको छ । त्यस्तै पानी चराको अवस्था र चरा आवागमन सहज बनाउने र संरक्षणमा गर्नु पर्ने कामबारे पनि छलफल गरिएकाछ । जलपन्छी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनकालागि आवश्यक प्रभावकारी कदम चाल्ने विषयमा जानकारी दिईएकोछ ।
मंगलवारसम्म संचालन हुने गोष्ठीमा कोशी टप्पु, हेटौडा, चितवन, जनकपुर, काठमाडौं, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दांङ, बर्दिया, कैलाली र कंचनपुर लगायतका ठाउँबाट ३५ बढी चराविद् रहेको हिमाली प्रकृतिका कार्यक्रम निर्देशक डा. तुल्सी सुवेदीले बताए ।
कार्यक्रममा चरा गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा. हेमसागर बराल र वेटल्याण्ड ईन्टरनेशनलका वरिष्ठ वैज्ञानिक डा. तेज मुण्दकरले नेपाल, दक्षिण एशिया र विश्वमा पानी चराको अवस्था र संरक्षणकालागि गर्नु पर्ने कामबारे जानकारी दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij