२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल कुरियर सेवा संघ लुम्बिनी प्रदेशको साधारण सभा सम्पन्न

आइतवार , माघ १३, २०८१

भैरहवा, १३ माघ । नेपाल कुरियर सेवा संघ लुम्बिनी प्रदेशको वार्षिक साधारण सभा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा कुरियर व्यवसाय सञ्चालन गर्ने कुरियर व्यवसायी तथा सेवामा आबद्ध व्यक्तिहरुको उपस्थितिमा शनिबार बुटवलमा साधारण सभा सम्पन्न भएको संघका रुपन्देही जिल्ल अध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।

संघका प्रदेश अध्यक्ष दीपेन्द अर्यालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष श्रीधरण पोखरेलको स्वागतमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष सुरेन्द्र पाण्डे, नवराज बन्जाडे लगायतले बोलेका थिए । उनीहरुले कुरियर सेवाको भूमिकबारे चर्चा गरेका थिए ।

साधारण सभामा कोषाध्यक्ष जनक पन्तले आर्थिक प्रतिवेदन पेश गरेका थिए । नेपाल कुरियर सेवा संघ लुम्बिनी प्रदेशमा ५१५ जना आबद्ध छन् ।