
आइतवार , माघ १३, २०८१
भैरहवा, १३ माघ । आफ्नो जन्मदिनको अवसरमा लियो क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०२४÷०२५ का अध्यक्ष सौरभ लाभले कम्बल वितरण गरेका छन् । उनले शुक्रबार सिद्धार्थनगर नगरपालिका–४ स्थित सुगरमिल क्षेत्रमा २० जनालाई कम्बल वितरण गरेका हुन् ।
‘लियो क्लबले सामाजिक कार्य गर्दै आएको छ, मेरो जन्मदिनको अवसरमा केही सामाजिक कार्य गर्न सकुँ भन्ने उद्देश्यले जाडो मौसमलाई मध्यनजर गर्दै २० जना कम्बल वितरण गरेको हुँ, ’अध्यक्ष लाभले भने ।उनले विपन्न तथा असहायलाई कम्बल वितरण गरिएको जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अफ सिद्धार्थनगर युथका संस्थापक धिरज कुमार मल्लिकले जन्मदिनमा गरिने यस्ता सामाजिक कार्यले विशेष अर्थ राख्ने बताए ।
कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर युथका सदस्य अनुप भट्टराई, शिवु आले मगर, लियो रिजन चेयरपर्सन सेजल मल्लिक, लियो क्लब अफ मिडटाउन कोटिहवाका पूर्वअध्यक्ष तथा गायक अप्सर अली, लियो सिद्धार्थनगर युथका सचिव आदर्श पण्डित लगायतले भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij