
सोमवार , माघ १४, २०८१
रूपन्देही, १४ माघ । मानवसेवा आश्रम लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा आइतबारसम्म ३ करोड ४५ लाख संकलन भएको छ । महायज्ञको सातौं दिन आइतबार पनि भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो । सोही क्रममा तिलोत्तमा नगरपालिका–५, रुपन्देहीमा मुक्तिप्रसाद पाठक र प्रा.डा. गणेश प्रसाद पाठक, सागरमणि पाठक र राममणि पाठक र परिवारद्वारा भवनको एक कोठा निर्माण कार्यमा सहजता प्रदान गर्ने उद्देश्यले ५ लाख ११ हजार १ सय १५ रूपैयाँ प्रदान गरिएको हो ।
तिलोत्तमा नगरपालिका–१५, रुपन्देहीस्थित गिरी प्रसाद पुन र भगवती राना पुनले १ लाख १ हजार रूपैयाँ, तिलोत्तमा नगरपालिका–५, रुपन्देहीस्थित श्री शान्ति नमुना मा.वि. परिवार र व्यवस्थापन समिति र शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुद्वारा भवनको थप स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिको लागि २ लाख ६८ हजार ३० रुपैयाँ योगदान भएको छ ।
त्यस्तै समस्त कुञ्जलीपुरबासीले १ लाख १ हजार १ सय ११ रुपैयाँ, पुनराम खनाल र देवी खनालले १ लाख १ हजार १ सय ५५ रुपैयाँ, स्काई इन्टरनेशनल कलेजले १ लाख रुपैयाँ, सुमन बस्याल र बन्दना बस्याल बस्नेतले १ लाख १ हजार १ सय ११ रुपैयाँ, एस.आर. फुड प्रा.लि.ले १ लाख १० हजार ५ रुपैयाँ, थानेश्वर र सरिता पौडेलले ५१ हजार, सरिता ढकालले ५१ हजार, शारदा अधिकारीले ५१ हजार रुपैयाँ, सूर्यबहादुरर पिताम्बर अधिकारीले ६६ हजार ६ सय ६६ रुपैयाँ, धनराज गैरे र शारदा गैरेले ५१ हजार रुपैयाँ दान गरे ।
ई. बुद्धिप्रसाद गौतम र मञ्जीश्री गौतमले २५ हजार १ सय ५ रुपैयाँ, रोटरी क्लब अफ तिनाउ बुटवलले २५ हजार १ सय ४५ रुपैयाँँ, डिल्लीराज पाण्डेयले २६ हजार ६ सय ६६ रुपैयाँ, कृष्णलाल दुवेले २५ हजार रुपैयाँ, राष्ट्रिय परोपकार महासंघले २५ हजार रुपैयाँ, रमेश कुमार पराजुलीले २५ हजार ५ सय ५ रुपैयाँ, ऋषिबहादुर भण्डारी २५ हजार रुपैयाँ, निवृत्त राष्ट्रसेवक समाज २५ हजार ५ सय ५५ रुपैयाँ, तिलोत्तमा आमा समूहले १५ हजार रुपैयाँ, कल्याणकारी आमा समूहले १५ हजार रुपैयाँ, तेज र यमकलाल पाठकले १५ हजार रुपैयाँ, गिरिजाप्रसाद पाण्डे र लक्ष्मीदेवी पाण्डेयले ११ हजार १ सय ११ रुपैयाँ, धुव्रकुमार घिमिरे १५ हजार ५ हजार ५ सय ५५ रुपैयाँ, चन्द्रमणि न्यौपानेले १५ हजार रुपैयाँ, गीतादेवी खड्का ३१ हजार १ सय १० रुपैयाँ, शंकरनगर भजन समूहले १० हजार रुपैयाँ, ओफा र सुदिप पाठक ११ हजार १ सय ५ रुपैयाँ, मीना भुसालले ५ लाख ११ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यस्तै तिलोत्तमा नगरपालिकाका विभिन्न वडा कार्यालयहरूले प्रतिवद्धता गरेका छन् । त्यस्तै तिलोत्तमा नगरपालिका ११ नम्बर वडा कार्यालयले १ लाख ५१ हजार रूपैयाँ, ५ नम्बर वडा कार्यालयले १ लाख ५१ हजार रूपैयाँ, ८ नम्बर वडा कार्यालयले १ लाख ५० हजार रूपैयाँ, १० वडा कार्यालयले १ लाख १० हजार रूपैयाँ, १३ वडा कार्यालयले १ लाख रूपैयाँ ७ वडा कार्यालयले १ लाख १० हजार रूपैयाँ, ४ वडा कार्यालयले १ लाख ५ हजार रूपैयाँ, २ वडा कार्यालयले १ लाख ५१ हजार रूपैयाँ, १ वडा कार्यालयले १ लाख २५ हजार रूपैयाँ, १७ वडा कार्यालयले १ लाख रूपैयाँ, १६ वडा कार्यालयले १ लाख रूपैयाँ, ३ वडा कार्यालयले २ लाख रूपैयाँ, १४ वडा कार्यालयले १ लाख ५ हजार रूपैयाँ आश्रमको सेवा व्यवस्थापनको लागि दिने प्रतिवद्धता गरेका छन् ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले आश्रमका अध्यक्ष रामजी अधिकारीको टीमले गरेको काम मुक्तकण्ठले प्रशंसा गरे पनि कम हुने बताए । आफूले आश्रमको नियमित सञ्चालनको लागि प्रदेश सरकारलाइ सधै घच्घच्याउने र आफूले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै देवदह नगरपालिकाले १० लाख रूपैयाँ, सुनवल नगरपालिकाले ६ लाख रूपैयाँ, बुटवल उपमहानगरपालिकाले २५ लाख रूपैयाँ दिने प्रतिवद्धता गरेको छ । स्वर्गीय रोममणि प्रसाद पाठकको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रूपैयाँ र बुटवल उपमहानगरपालिका–६ तारा गहतराजले स्व छोरी पूजा गहतराजको स्मृतिमा १ लाख ५१ हजार दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मानवसेवा आश्रम लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आयोजना गरिएको हो । मणिग्राममा माघ ७ गतेदेखि सुरू भएको महायज्ञ १४ गतेसम्म सञ्चालन हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij