
सोमवार , माघ १४, २०८१
भैरहवा, १४ माघ । विगत ३ वर्षदेखि नियमित सञ्चालित लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) मा रुपन्देहीको भैरहवाका सामाजिक तथा स्थानीय तहका अगुवाहरुलाई एउटै मञ्चमा ल्याउने कार्ययोजना बनाएको छ ।
भैरहवाको समृद्धिमा आशावादी हुने विचार प्रवाहका लागि सिद्धार्थनगर नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतलाई एलएसडीटी मञ्चमा आमन्त्रण गरेर उनीहरुका अनुभव साझा गरिने कार्ययोजना कार्यक्रमका अनिता थापाले जानकारी दिएन् । क्रिएटिभ फोरम नेपाल (सीएफएन) को अध्यक्ष समेत रहेकी थापाले कार्ययोजनामा सहभागी सदस्यहरुलाई धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्ययोजनाले एलएसडीटीलाई थप उर्जा मिलेको बताइन् ।
कार्ययोजना कार्यक्रमका संयोजक सामाजिक अगुवा तथा व्यवसायी गोपाल भण्डारीले उपस्थितिलाई स्वागत गर्दै कार्ययोजनाको महत्वबारे जानकारी गराएका थिए । एलएसडीटीले आगामी २०८२ सालका निम्ति लिडरसीप क्षमता अभिवृद्धि सन्दर्भका विभिन्न कार्यक्रमका योजना तयार गरेको कार्यक्रम सञ्चालक तथा एलएसडीटी व्यवस्थापन प्रमुख बिरेन्द्र ज्ञवालीले बताए ।
शनिबार तिलोत्तमा नगरपालिकाको नयाँमिलमा आयोजित एकदिवसीय कार्ययोजना गोष्ठीमा एलएसडीटीको आगामी कार्यक्रमबारे पर्यटन व्यवसायी संजिव कुमार जोशीले आफ्नो समूहको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।
एलएसडीटीको वित्तीय व्यवस्थापनबारे बीमा व्यवसायी गोबिन्द प्रसाद गिरीले र एलएसडीटी संगठन संरचना विषयमा सामाजिक अगुवा तथा व्यवसायी मदन पौडेलले फरकफरक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै आगामी २०८२ वैशाखमा आयोजना हुने एलएसडीटी युवा उत्सव कार्यक्रमको कार्ययोजना एलएसडीटी युथका संयोजक प्रशान्त ज्ञवालीले प्रस्तुत गरेका थिए ।
सामूहिक छलफलको निष्कर्षबाट कार्ययोजना तयारी गरिएको र यसको प्रतिवेदन तयार गरी कार्यान्वयनमा ल्याइने कार्ययोजना प्रतिवेदन तयार समितिका संयोजक तथा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन रुपन्देही) का सदस्य तथा सामाजिक अगुवा राम प्रसाद श्रेष्ठले जानकारी दिए ।
सामूहिक छलफल अघि एलएसडीटीका संस्थापक सदस्य तथा सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव मंगल भण्डारीले एलएसडीटीको स्थापनाबारे जानकारी गराउदै यसको महत्व बढ्दै गएकोले सदस्यहरुको थप जिम्मेवारी बढेको बताए ।
अर्का संस्थापक सदस्य अभिनव मयूर कसौधनले एलएसडीटी र अन्य संघ–संस्थामा भिन्नताका बारेमा पाँच बुँदामा ब्याख्या गरेका थिए । संस्थापक सदस्य सिद्धार्थ सञ्जाल, रुपन्देहीका सह–कोषाध्यक्ष हरिश सेठियाले समाजमा एलएसडीटीको भूमिकाबारे चर्चा गरेका थिए । यिनै प्रस्तुतिका आधारमा कार्ययोजना तयार गरिएको व्यवस्थापन समिति सदस्य तथा क्रिएटीभ फोरम नेपालका सचिव कृष्ण शाहले जानकारी दिए।
कार्यक्रममा सहभागीहरु रश्मी लोहनी, पन्त पुजा आचार्य, गोविन्द अधिकारी, सम्पदा गौतम, रिशव वि.क., दीपक पौडेल, संजय जैसवाल, सन्दिप कुमार अग्रहरी, प्रकाश रेग्मी, नितु थापा, राजेश पाण्डे, सेविका पराजुली, विराट बस्यालले समूहगत छलफलमा सक्रिय सहभागी भएको एलएसडीटी व्यवस्थापन समिति सदस्य मानिस तामाङले जानकारी गराए । कार्ययोजनाको शुभारम्भ सामाजिक अगुवा तथा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक लिडर महेशचन्द्र थापाले गरेका थिए ।
एलएसडीटीका मुख्य प्रशिक्षक तथा प्रस्तोता विजय पाण्डे हुन् । सिएफएन अन्तर्गत सञ्चालित लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) ले १४५ औं श्रृंखला पूरा गरिसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij