२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ब्रिटिस ग्रामर स्कूल रुपन्देहीमा आजदेखि ‘बीजीएसआर क्रियटिभ फेस्ट’

मंगलवार , माघ १५, २०८१

भैरहवा, १५ माघ । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित रुपन्देहीको तिलोत्तमास्थित ब्रिटिस ग्रामर स्कूल रुपन्देही (नमस्ते एकेडेमी)मा आजदेखि ‘बीजीएसआर क्रियटिभ फेस्ट–२०८१’ हुने भएको छ । 
मंगलबार र बुधबार (दुईदिवसीय) फेस्टको तयारी पूरा भएको विद्यालयका प्राचार्य दिल बहादुर बुढाथोकीले बताए । ‘बीजीएसआर क्रियटिभ फेस्ट विद्यालयले आयोजना गर्न लागेको तेस्रो संस्करण हो’ उनले भने–‘माघ १५ र १६ गते आयोजना हुने यो कार्यक्रमले विद्यार्थीहरुभित्र लुकेको अन्तरनीहित प्रतिभालाई बाहिर ल्याउँछ ।’

प्राचार्य बुढाथोकीले विद्यार्थीहरुको क्रियटिभिटी, मौलिकतालाई बाहिर ल्याउन यो कार्यक्रमले प्लेटफर्म प्रदान गर्ने बताए । ‘यो कार्यक्रममा विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरु कुनै न कुनै गतिविधिमा सहभागी हुनुहुन्छ’उनले भने–‘यसले विद्यार्थीहरुमा सहयोग, समन्वय र आत्मविश्वासको विकास गर्छ । यी सबै कारणले क्रियटिभ फेस्टले यो कार्यक्रमको आयोजना गरेका हौं ।’ 

विद्यार्थीहरु कार्यक्रमका लागि बजार र समुदायमा गएर विभिन्न व्यक्तिहरुसँग कुराकानी प्रायोजन समेत खोजेको प्राचार्य बुढाथोकीको भनाइ छ । ‘विद्यार्थीहरुले नृत्य, संगीतमा सहभागीता जनाउनुभएको छ, ई–स्पोटर्स सञ्चालन गरिसक्नुभएको छ’उनले भने–नयाँ ढंगले नयाँ प्रकारका विद्युतीय उपकरण डिजाइन गर्ने कार्य र स्वयं भिडियो बनाएर कार्यक्रमको प्रचारप्रसारमा समेत संलग्न हुनुभएको छ ।’

विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बीजीएसआर क्रियटिभ फेस्ट’ले खास गरी विद्यार्थीहरुको नेतृत्वसीप क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘अर्को महत्वपूर्ण कुरा के हो भने विभिन्न कारणले पढ्न नपाएका विद्यार्थीहरुलाई आफूले पढिसकेका कथा, नाटक आदिका पुस्तक संकलन गरेर विद्यार्थीहरुले विक्री गर्नुहुन्छ उनले भने–‘यसले विभिन्न कारणले पढ्न नपाएका विद्यार्थीहरुलाई सहयोग हुन्छ।’ 

संस्थापक प्राचार्य कुँवरले मुलतः विद्यालयको शैक्षिक गुणस्तर मात्र नभएर विद्यार्थीहरुको सर्वांगीण विकासका लागि कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनका अनुसार क्रियटिभ फेस्टमा मुलत क्याफे, आर्केड, आर्ट एक्जिबेशन, रोबोटिक्स, फूड फेस्ट, हरर हाउस, मार्केट र फोटो बुथ विधाहरु समावेश छन् ।

रुपन्देही जिल्ला र बाहिरका शैक्षिक  प्रतिष्ठान, संघ–संस्था, व्यापारिक घराना, अभिभावक, विद्यार्थी, पत्रकार, शिक्षाविद् लगायतलाई कार्यक्रममा निमन्त्रणा गरिएको संस्थापक प्राचार्य कुँवरले जानकारी दिए ।

काठमाडौंबाहिर यसप्रकारको कार्यक्रम ब्रिटिस ग्रामर स्कूलले तेस्रोपटक आयोजना गर्न लागेको उनले बताए । उनका अनुसार कार्यक्रमको मंगलबार (आज) बिहान ११ बजे तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाणले उद्घाटन गर्नेछन् ।