२०८२, माघ १८ गते

Feb 01 2026 | २०८२, माघ १८ गते

भैरहवामा न्यारो बडीका एयरलाइन्सहरुको बेस बनाउन सरकारसँग माग

मंगलवार , माघ १५, २०८१

  • 985
    Shares
  • 985
    Shares
  • बुटवल, १५ माघ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवामा न्यारो बडीका बजेट एयरलाइन्सहरुको बेस बनाउन सरकारसँग माग गरेको छ । नाट्टाले छिमेकी मित्रराष्ट्र चीन, बौद्धमार्गी तेस्रो मुलुक र श्रमिक गन्तव्य अरब मुलुकको लागि भैरहवा बेस न्यारोबडी जहाज सञ्चालन भएमा मात्रै दीर्घकालिन हुने निष्कर्ष निकालेको हो । रुपन्देहीको बुटवलस्थित मणिमुकुन्द सेन उद्यानमा सम्पन्न एकदिने कार्यशाला बैठकले उक्त निष्कर्ष निकालेको कार्यशालापछि जारी विज्ञप्तीमा भनिएको छ । 

    संस्थाका अध्यक्ष चन्द्र बहादुर थापा र महासचिव सीता बस्यालद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनको लागि सरकारले अझै प्रभावकारी योजना बनाउनुपर्ने माग गरिएको छ । 

    त्यसै गरी प्रोत्साहन सुविधासहितको प्याकेज घोषणा गरी सबै डोमेष्टिक एयरलाइन्स कम्पनीका कम्तीमा एउटा जहाजबाट निश्चित अवधिका लागि दैनिक अन्तर प्रदेश हवाई कनेक्टिभिटी उडानको व्यवस्था गर्नुपर्ने माग पनि नाट्टाले गरेको छ । त्यसै गरी अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि बस र होटल सुविधा सहुलियत घोषणा गरी यात्रुमैत्री नीति अवलम्बन गर्नुपर्ने नाट्टाको माग छ ।

    प्लानिङ्ग वर्कसप तथा फेलोसीप कार्यक्रम शुक्रबार नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षतामा भएको । सो वर्कसपबाट वर्षभरी गरिने पर्यटकीय कार्यक्रमहरुको सूची निर्धारण गरेको हो । 

    लुम्बिनी प्रदेश पर्यटन परिषदका सदस्य माधव नेपालको प्रमुख आतिथ्यता, नाट्टा लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर), रचना पन्त समेतको उपस्थितिमा भएको कार्यक्रमबाट करिब ५० जना ट्राभल व्यवसायीहरुको सक्रिय सहभागीतामा विभिन्न विषयगत समितिहरु पनि गठन गरिएको छ ।

    33b7a88d-484b-41cc-89d9-7efad5ae3740.jpeg