२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

सिद्धार्थनगर–२ द्वारा विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण

मंगलवार , माघ १५, २०८१

  • 940
    Shares
  • 940
    Shares
  • भैरहवा, १५ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका २ नम्बर वडा कार्यालय, रुपन्देहीले ट्रयाकसुट वितरण गरेको छ । वडा कार्यालयले सोमबार एक कार्यक्रमकाबीच सिद्धार्थनगर–२ स्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा १ सय ४ जना विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेको हो ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवको अध्यक्षता तथा वडा नम्बर ३ का अध्यक्ष नारायण प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि उपाध्यायले वडा नम्बर २ ले विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गर्नु उदाहरणीय कार्य भएको बताए । 

    वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले विद्यालयको मागअनुसार नै विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको बताए । उनले जाडो र गर्मी दुवै मौसममा ट्रयाकसुट लगाउन मिल्ने भएकोले यसबाट विद्यार्थीहरुलाई राहत मिल्ने विश्वास व्यक्त गरे । 

    कार्यक्रममा वडा सदस्य दीपेश प्रताप शाही, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार लालमोहम्मद पठान, विद्यालयका प्रधानाध्यापक आशा थापा लगायतले बोलेका थिए ।

    वडा सचिव हिरा बरालको सञ्चालनमा भएको कार्यक्रममा वडा सदस्य कन्चन थापा, राजकुमार अहिर, बिन्दु हरिजन, शिक्षक बसन्त बहादुर रायमाझी, सुविता पुन अधिकारी, मीना गुरुङ, अभिभावक रिमा हरिजन, पुनिता राजभर, गुडिया बनिया लगायतको उपस्थिति रहेको थियो ।

    3babdd72-7b74-4bca-ae39-08025442bbac.jpeg