२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भारतमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बेलहियामा बिदाई

बुधवार , माघ १६, २०८१

भैरहवा, १६ माघ । भारतको आन्द्राप्रदेशस्थित विशाखापट्टनममा यही माघ १९ र २० गते हुने ८ औं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन त्यहाँ जाने प्रशिक्षक र अफिसियल खेलाडीलाई बिदाई गरिएको छ ।
सन्तु दंगोरिया थारूको नेतृवमा प्रशिक्षक संजय चौधरी, राष्ट्रिय निर्णायक लक्ष्मण थापा, अभिभावक शिवकुमारी जिसीसहित भारत जान लागेका २२ जना खेलाडी डोजोहरुलाई मंगलबार रुपन्देहीको बेलहियामा एक कार्यक्रमकाबीच बिदाई गरिएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेर नेपाललाई विश्वमै चिनाउन सफल भएका बताइन् । उनले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गरिन् ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल कराते महासंघ, राष्ट्रिय रेफ्री कमिसन सचिव कृष्ण प्रसाद देवकोटा, कार्यक्रमका अध्यक्ष लक्ष्मण थापा लगायतले भनाइ राखेका थिए ।

WhatsApp Image 2025-01-28 at 6.04.35 PM.jpeg

नेपाल सितोरियो कराते संघ तिलोत्तमा डोजोको आयोजनामा उक्त कार्यक्रम भएको थियो ।