२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

दैनिक पत्रको वरिष्ठ सल्लाहकारमा अग्रवाल

सोमवार , चैत्र २, २०७७


भैरहवा, २ चैत ।  
दैनिक पत्र राष्ट्रिय दैनिकको वरिष्ठ सल्लाहकारमा सिद्धार्थनगर निवासी वरिष्ठ समाजसेवी नारायण प्रसाद अग्रवाल मनोनयन भएका छन् ।समाजसेवी अग्रवाल रुपन्देहीका विभिन्न संघ–संस्थामा आवद्ध र कुशल नेतृत्वको पहिचान बनाएका व्यक्तिको रुपमा परिचित छन् । 

बुटवल मिडिया प्रकाशन प्रा.लि. द्वारा प्रकाशित दैनिक पत्र राष्ट्रिय दैनिक, जनसंघर्ष राष्ट्रिय साप्ताहिक, स्वाधीन राष्ट्रिय मासिक एवं दैनिक पत्र डटकम अनलाईन संस्थाको लामो समयदेखि आवद्ध रही योगदान  दिदैं आएका छन् ।

अग्रवालको सिर्जनशील सल्लाहले यो प्रकाशन संस्था उन्नति र प्रगतिमा महत्वपूर्ण योगदान पुग्ने प्रकाशन संस्थाले विश्वास लिएको छ ।