
बुधवार , माघ १६, २०८१
भैरहवा, १६ माघ । माइती नेपाल आवधिक गृह भैरहवा रुपन्देहीले बुधबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का किशोरीहरुलाई अभिमुखीकरण गरेको छ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कानूनी विषयक अभिमुखीकरण कार्यत्रलममा सहभागी किशोरीहरुलाई माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले चेतनामूलक प्रस्तुतीकरण गरेकी थिइन् ।
कार्यक्रममा बालयौन शोषण भनेको के हो, कसरी बच्न सकिन्छ, बाल अधिकारका कुरा, सामाजिक संजाल लगायत विभिन्न बालबालिका विषयमा प्रशिक्षणमुलक कार्यक्रम गरिएको कार्यक्रम संयोजक क्षेत्रीले बताइन् ।
दुई दर्जन बढी किशोरीहरुको सहभागीतामा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, वडा सदस्य सुष्मा प्रधान लगायतले बोल्दै बेचबिखनबाट जोगिदै विद्यालय, घर, बाटोघाटो सबै क्षेत्रमा सचेत बन्दै सभ्य समाजको विकासमा अगाडी बढ्न सुझाव दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij