
बिहिवार , माघ १७, २०८१
भैरहवा, १७ माघ । लुम्बिनी साँस्कृतिक नगरपालिका मधुवनी सामुदायिक सिकाई केन्द्रमा प्रसिद्ध समाजसेवी धुनदुप लामाले २ सय भन्दा बढी परिवारलाई न्यानो कपडा वितरण गरेका छन् । पछिल्लो केही दिनदेखि तराईमा चलेको शीत लहरसँगै चिसो अत्यधिक बढेपछि यहाँको जनजीवन कष्टकर बन्दै गईरहेको छ । सोही अवस्थालाई मध्यनजर गरी समाजसेवी धुनदुप लामाले मधुवनी गाउँका २ सय बढी सर्वसाधारणहरुलाई टोपी, पञ्जा लगायत न्यानो कपडाहरु वितरण गरेका हुन् ।
बुद्ध धर्म र बुद्ध शिक्षालाई शिरोपर गर्दे आइरहेका समाजसेवी धुनदुप लामा विगत ८ वर्षदेखि विभिन्न क्षेत्रका विपन्न र दुःखमा परेकाहरुलाई मध्यनजर गरी न्यानो कपडा लिएर बस्तीबस्तीमा पुग्दै आएका छन् । सोही क्रममा केही दिनअघि मात्रै लामाले पुस माघको कठ्यांग्रिदो जाडोबाट बचाउनका लागि विपन्न र दुःखमा परेका बालबालिकाहरुलाई लक्षित गरी न्यानो कपडा वितरण गरेका थिए ।
समाजसेवी लामाले अन्तरर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनसहित अन्य परोपकारी संघ–संस्थाहरुमा आबद्ध भएर विपन्न परिवार र दुःखमा परेकाहरुलाई सहयोग गर्दे आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij