२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पत्रकार महासंघ रुपन्देहीद्वारा विभिन्न समिति गठन

शुक्रवार , माघ १८, २०८१

भैरहवा, १८ माघ । नेपाल पत्रकार महासंघ रुपन्देहीले विभिन्न समितिहरु गठन गरेको छ । महासंघका विभिन्न गतिविधिहरुलाई व्यवस्थित गर्न विषयगत समितिहरु गठन गरिएको पत्रकार महासंघ रुपन्देहीका सचिव सी.पी. खनालले बताए । माघ १६ र १७ गते लुम्बिनीमा सम्पन्न महासंघ रुपन्देहीको कार्ययोजना बैठक तथा तेस्रो नियमित बैठकले यस्तो निर्णय गरेको हो ।

जसअनुसार संस्थागत समन्वय समितिको संयोजकमा अध्यक्ष दिनेश पाण्डे, पूर्वअध्यक्षहरु, सचिव सी.पी. खनाल र कोषाध्यक्ष नरेश केसी रहेका छन् । त्यस्तै पत्रकार कल्याणकारी कोषको संयोजकमा उपाध्यक्ष विश्वास ढकाल, सदस्यमा कोषाध्यक्ष नरेश के.सी. र कार्यसमिति सदस्य दिनेश श्रेष्ठ रहेका छन् ।

भौतिक पूर्वाधार व्यवस्थापन समितिको संयोजकमा विश्वास ढकाल, सदस्यमा कार्यसमिति सदस्य भुवन जि.सी. र नरेश चौधरी, अनुशासन समितिको संयोजकमा उपाध्यक्ष अस्मिना पाण्डे, सदस्यहरुमा सचिव सी.पी. खनाल, सह–सचिव झबिन्द्र देवकोटा, कार्यसमिति सदस्य अनिता चौधरी र रबिन्द्र प्रताप गुप्ता रहेका छन् ।

त्यस्तै लैंगिक तथा समावेशी समितिको संयोजकमा अस्मिना पाण्डे, सदस्यहरुमा कार्यसमिति सदस्य अनिता चौधरी र हृदयराम गुप्ता, तालिम तथा प्रकाशन समितिको संयोजकमा सचिव सी.पी. खनाल, सदस्यहरुमा कार्यसमिति सदस्य ललित पाण्डेय, कल्पना डुम्रे र डी.बी. सुस्लिङ रहेका छन् ।

अन्तरक्रिया तथा पुरस्कार व्यवस्थापन समितिको संयोजकमा झबिन्द्र देवकोटा, सदस्यहरुमा कार्यसमिति सदस्य कृष्ण रणपाल र सुमित्रा चापागाई, अतिरिक्त क्रियाकलाप समितिमा सह–सचिव सुमन रश्मि श्रेष्ठ, सदस्यहरुमा कार्यसमिति सदस्य दिनेश श्रेष्ठ र गोबिन्द बहादुर घर्ती रहेका छन् ।

त्यसै गरी आर्थिक समितिको संयोजकमा कोषाध्यक्ष नरेश केसी सदस्यहरुमा रबिन्द्र प्रताप गुप्ता र राम भण्डारी रहेका छन् ।