२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्ने हो भने विदेश जाने सपना देख्नुपर्दैन : मुख्यमन्त्री आचार्य

शुक्रवार , माघ १८, २०८१

  • 988
    Shares
  • 988
    Shares
  • बुटवल, १८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्ने हो भने विदेश जाने सपना देख्नु नपर्ने बताएका छन् । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल–११, रुपन्देहीको ३५ औं वार्षिकोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्दा विदेश जाने सपना देख्नु नपर्ने बताएका हुन् ।

    ‘म विद्यार्थीहरुलाई भन्न चाहन्छु हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्ने हो भने विदेश जाने सपना देख्नु पर्दैन’उनले भने–‘आफ्नै देशको भूमिमा अवसरहरुको सृजना गर्न, नवप्रवर्तनको क्षेत्रमा काम गर्न सक्ने थुप्रै अवसर र क्षेत्रहरु छन् । देशलाई तपाईहरुको योगदानको खाँचो छ ।’

    लुम्बिनी प्रदेशको समग्र शैक्षिक गुणस्तर र नतिजा सुधार्न प्रदेश सरकारले विशेष योजना निर्माण गरेको उनले बताए । ‘समग्र शिक्षाको गुणस्तर बढाउन छ । विद्यार्थीमा पठन संस्कृति, खोज, अनुसन्धानको विधिको माध्यमबाट अध्यापनमा सक्रिय बनाउनुपर्ने छ’उनले भने–’एउटा विद्यालयको शैक्षिक अवस्था सुधार्न सबै पक्ष जिम्मेवार बन्न जरुरी छ ।’ 

    उनले प्रदेश सरकार शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी अघि बढेको, सरकारको एकल प्रयासले मात्रै शिक्षा क्षेत्रको विकासलाई अघि बढाउन नसक्ने, निजी क्षेत्रले शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको समेत चर्चा गरे । उनले प्रदेश सरकारले निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्ने स्पष्ट पारे ।

    न्यू होराइजन विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभइ बहुसरोकार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याएको, लुम्बिनी प्रदेशबाट देशमै गुणस्तरीय शिक्षा र अब्बल नतिजा देखाउन सफल तथा उदाहरणीय यस विद्यालयबाट सामूदायिक तथा संस्थागत विद्यालयहरुले धेरै कुरा सिक्न सक्ने, विद्यालयलाई एउटा अध्ययन केन्द्रको रुपमा अघि बढाउन आवश्यक रहेको बताए । 

    वि.सं. २०५६ सालदेखि २०८१ सम्म आइपुग्दा धेरै परीक्षाहरु भए । त्यसको नतिजा हेर्ने हो भने पनि विद्यालयले आफूलाई सर्वोकृष्ट स्थानमा उभ्याउन सफल भएको सो अवसरमा जानकारी गराइएको थियो ।