२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति : मुख्यमन्त्री आचार्य

शुक्रवार , माघ १८, २०८१

बुटवल, १८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताएका छन् । बुद्धभूमि जेसीजको सातौं पद हस्तान्तरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विधिको शासन स्थापित गर्न भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका हुन् ।

‘यो मुलुक बनाउने भनेको तपाई हामीले नै हो । बाहिरको मान्छे आएर मुलुक बनाउने होइन । इमानदारीका साथ लाग्यौं भने मुलुक बनाउन सकिन्छ’उनले भने–‘अहिले केही भएन भनेर एक जमातले कुप्रचार गरेको, निराशाको खेती गर्न थालेका छन् । यस्ता निराशा बाड्ने कामलाई निरुत्साहित गर्ने जिम्मेवारी तपाई हामी सबैको हो ।’ 

युवा पुस्ताले देशमा सम्भावना देख्नुपर्ने र सरकारले त्यसप्रकारका कामलाई अघि बढाएको समेत उनले बताए । ‘स्वदेशमा रोजगारीको अवसर सृजना गर्न तीन तहका सरकारको तर्फबाट काम गरिरहेका छौं । निजी क्षेत्रले पनि यसमा जोड दिएको छ’उनले भने–‘सरकारले सेवा प्रवाहलाई चुस्त बनाउन नीतिगत सुधार समेत गरिसकेको छ ।’ 

सुशासन, जवाफदेहीता र भ्रष्टाचारविरुद्ध सरकारले थालेका अभियानमा नागरिकस्तरबाट समेत सहभागीता जनाउन आह्वान गरे । ‘फजुल खर्च रोक्न र पूर्व विशिष्ट व्यक्तिको सेवासुविधा समेत खारेज गरेर सरकार अघि बढेको यहाँहरुलाइ थाहानै छ । योजना छनोट र कार्यान्वयनमा देखिएको विकृति रोक्न पनि सरकार निर्मतापूर्वक अघि बढेको छझउहाँले भन्नुभयो–’यी अभियानमा पनि सरकारले सबैको साथ खोजेको छ । तपाई हामी सबै मिलेर मुलुक बनाउन सक्छौं ।’