२०८३, भाद्र ३० गते

Sep 15 2026 | २०८३, भाद्र ३० गते

कपिलवस्तुमा निःशुल्क ज्योतिष शिविर

शुक्रवार , माघ १८, २०८१

  • 874
    Shares
  • 874
    Shares
  • बुटवल, १८ माघ । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा श्री शनिदेव मन्दिर ज्योतिष विज्ञान अनुसन्धान केन्द्र कपिलवस्तुको संयोजनमा ज्योतिष शिविर सम्पन्न भएको छ । बुद्धभूमि नगरपालिका–१ विरपुरस्थित शनिदेव मन्दिरको प्रांगणमा निःशुल्क ज्योतिष, हस्तरेखा, वास्तु शास्त्र र तन्त्र सम्बन्धी शिविर नेपालमै पहिलोपटक आयोजना गरिएको दावी गरिएको छ ।

    शिविरमा विश्व ज्योतिष महासंघका लुम्बिनी प्रदेश सभापति जनार्दन न्यौपानेको नेतृत्वमा ज्योतिष मनोहर घिमिरे, हरि पाण्डे, वासुदेव मरासिनी, खेमराज भण्डारी, लक्ष्मीनारायण सुबेदी, शिवहरी मरासिनी, प्रकाश भट्टराई, हस्तरेखा एवं तन्त्रविद् खिम प्रसाद पोडेल, कुरेश पाण्डे लगायतले ज्योतिष बिज्ञानको महत्वबारे प्रकाश पारेका थिए ।

    माघ २१ गतेदेखि २९ गतेसम्म आयोजना गर्न लागिएको नौदिवसीय नवग्रह अनुष्ठान  तथा धान्यान्चल श्रीमद भागवत ज्ञान महायज्ञको पूर्वसन्ध्यामा आयोजित सो शिविरमा सो धामका प्रमुख संरक्षक पीठाधीश बाबा योगीराज, धामका अध्यक्ष पशुपति अर्याल लगायतले सबै क्षेत्र, वर्ग र समुदायलाई समेटेकोले सनातन धर्म रक्षा तथा संरक्षणमा ठूलो योगदान पुर्याउने बताए ।

    शिविरमा कपिलवस्तु र अर्घाखाँची जिल्लाबाट २ सय भन्दा धेरै सेवाग्राहीले ज्योतिष शिविरबाट निःशुल्क लाभ लिएको ज्योतिष शिवहरी मरासिनीले बताए । यसप्रकारको शिविर अन्य जिल्लामा पनि क्रमशः लागू गर्दै जाने निर्णय गरिएको उनले जानकारी दिए ।