२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जनचेतना माविमा सरस्वती मूर्तिको प्राणप्रतिष्ठा

शुक्रवार , माघ १८, २०८१

भैरहवा, १८ माघ । रुपन्देहीको मायादेवी गाउँपालिका–८ मा रहेको श्री जनचेतना माध्यमिक विद्यालयमा सरस्वतीको मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ । सरस्वती पूजाको अवसर पारेर मुर्तिको प्राणप्रतिष्ठा गरीएको हो। विद्यालय परिसरमा स्थापना गरिएको मन्दिरमा रहेको मुर्तिलाई विधिपूर्वक प्राणप्रतिष्ण गरिएको प्राचार्य शोभा काफ्लेले जानकारी दिइन् । 

WhatsApp Image 2025-01-31 at 9.08.00 PM.jpeg

प्राणप्रतिष्ठा पश्चात मूर्तिलाई विद्यालयबाट निकाली बसडिलवामा रहेको शिव मन्दिर लगायतका विभिन्न मन्दिर परिक्रमा गराइ पुनः विद्यालयमा लगिएको प्राचार्य काफ्ले जानकारी दिइन् । मायादेवी–८ का वडाअध्यक्ष चोकबहादुर थापाको उपस्थितिमा मूर्तिको प्राणप्रतिष्ठा गरिएको हो । सो अवसरमा स्थानीय समाजसेवी, आमा समूह, शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको सहभागीता थियो ।