२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रूपन्देही सुपर लिग : बुटवल राइनोजद्वारा सैनामैना पराजित

शनिवार , माघ १९, २०८१

भैरहवा, १९ माघ । रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको शनिबारको खेलमा बुटवल राइनोज क्रिकेट क्लब विजयी भएको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको खेलमा बुटवल राइनोजले सैनामैना क्रिकेट क्लबमाथि १९ रनको जीत निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित ६ ओभरको खेलमा ३८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १ सय ५१ रन बनायो । उसका लागि रोजन कुमालले ३९, विपिन विक्रम शाहीले २९, इमरान शेषले २१, शिव कुँवरले १४ र अपर्ण तिमिल्सिनाले १३ रन जोडे । बलिङमा सैनामैनाका किरण भट्टराईले ५, प्रदीप सुवेदीले २ तथा गोपाल पौडेल शर्मा र सुनिल पौडेलले १–१ विकेट लिए ।

प्रतिउत्तरमा सैनामैना २४ ओभर ५ बलमा सबै विकेट गुमाउँदा १ सय ३२ रन मात्रै बनाउन सक्यो र हार व्यहोर्यो । उसका लागि विक्रम गौतमले ४३, ईश्वर क्षेत्रीले ३४, किरण भट्टराईले २२ र महेश रानाले ११ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । 

बलिङमा बुटवल राइनोजका विपिन विक्रम शाहीले ५ ओभर ५ बलमा ३२ रन खर्चेर ५ विकेट लिए । यस्तै, शिव कुँवरले २ तथा सुरज सारु र सुप्रिम कंडेलले समान १–१ विकेट लिए । खेलमा विपिन विक्रम शाही प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ पाए ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सह–प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले जानकारी दिए ।