
सोमवार , चैत्र २, २०७७
बुटवल, २ चैत ।
बुटवल टाईगर्स राउन्ड टेबल–२८ ले रुपन्देहीको देवदह नगरपालिका–६ स्थित श्री साईबाबा विद्या पिठ पिपलडाँडामा नयाँ निर्माण गरिएको ३ कोठे पक्की भवन हस्तान्तरण गरेको छ ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरी राउन्डटेबल–२८ का अध्यक्ष आनन्द ओझा र राउन्ड टेबल ईन्टरनेशनल एरिया पेसिफिक चेयरम्यान सिद्धान्त गुप्ता ) ले विद्यालयका अध्यक्ष रामचन्द्र पौडेललाई विद्यालय भवनको चाबी प्रदान गरेका हुन ।
कार्यक्रममा राउण्ड टेबल नेपालका राष्ट्रिय अध्यक्ष सौरभ केडीया, विद्यालयका प्रधानाध्यापक रामवरण यादव, राउण्ड टेबल–२८ का सचिव निरज लाकौल, साईबाबा ट्रष्टका संथापक पवित्रा श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । परियोजना संयोजक प्रदिप शाक्यका अनुसार करिब १० लाख लागतमा तीनकोठे पक्की भवन निर्माण गरिएर विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij