२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्काई कलेज तिलोत्तमाको आयोजनामा कलेजस्तरीय क्रिकेट प्रतियोगिता हुँदै

आइतवार , माघ २०, २०८१

तिलोत्तमा, २० माघ । स्काई इण्टरनेशनल कलेज एण्ड रिसर्च सेन्टर तिलोत्तमाको आयोजनामा अन्तर–कलेज क्रिकेट प्रतियोगिता माघ २० गतेदेखि २८ गतेसम्म हुने भएको छ । तिलोत्तमा नगरपालिका–६ नवजीवन खेल मैदान १० नम्बर नयाँमिलमा आइतबार (आज) देखि खेल सुरु हुन लागेको हो ।

स्काई कलेजले पहिलोपटक आयोजना गरेको प्रतियोगिता ९ दिनसम्म चल्नेछ । प्रतियोगितामा २२ कलेजका २४ वटा टीम सहभागी हुने आयोजक स्काई कलेजले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

आइतबार बिहान ८ बजेदेखि सञ्चालन हुने खेलमा पहिलो खेल गरिन प्लान्ट देवदह र क्यानन कलेज बुटवलबीच हुनेछ । क्रिकेट प्रतियोगितामा सहभागी हुन अवसर नपाएका विद्यार्थीहरु र उनीहरुभित्र लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले खेल आयोजना गरिएको स्काई कलेजका डाइरेक्टर सञ्जीव भण्डारीले बताए ।

प्रतियोगिताको विजेता टीमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर बलर र फिल्डरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । खेल १० ओभरको हुनेछ भने टेनिस बलले खेलाइने खेल संयोजक विवश पाण्डेले बताए ।