२०८३, आषाढ ३१ गते

Jul 15 2026 | २०८३, आषाढ ३१ गते

उत्कृष्टता हासिल गर्ने एभरेष्ट माविका शिक्षक तथा विद्यार्थी पुरस्कृत

मंगलवार , माघ २२, २०८१

  • 889
    Shares
  • 889
    Shares
  • बुटवल, २२ माघ । बुटवलस्थित सुख्खानगरमा रहेको एभरेष्ट माध्यमिक विद्यालयले सरस्वती पूजाको अवसर पारेर पुरस्कार वितरण तथा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयले विभिन्न १४ विधामा उत्कृष्टता हासिल गर्ने शिक्षक तथा विद्यार्थीलाई सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कृत गरेको हो । 

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनीका प्रमुख रमाकान्त तिवारीले उत्कृष्टता हासिल गर्ने शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गर्दै रुपन्देही शैक्षिक हबका रुपमा विकास हुँदै गएको बताए । उनले रुपन्देहीको बुटवल शैक्षिक गुणस्तरमा उत्कृष्टता हासिल गर्दै आएको उल्लेख गरे । संस्थागत र सामूदायिक विद्यालयहरुको शैक्षिक नतिजा सुधार हुँदै जानु सकारात्मक भएको उनले बताए । उनले शैक्षिक विकासमा सस्थागत विद्यालयहरुको योगदानलाई बिर्सन नहुने उल्लेख गरे ।

    त्यस्तै विद्यालय सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, राष्ट्रिय परीक्षा बोर्डका अधिकृत बाबुराम भण्डारी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय सञ्चालक समितिका उपाध्यक्ष भिमबहादुर श्रेष्ठ, विद्यालयका प्राचार्य कृष्ण न्यौपानेलगायतले शैक्षिक सफलतासँगै उत्कृष्टता हासिल गर्ने शिक्षक तथा विद्यार्थीलाई बधाई दिदै शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकको भुमिका अतुलनीय रहने बताए ।

    शिक्षक माधव पौडेलको सञ्चालनमा भएको कार्यक्रममा १० देखि २० वर्षसम्म नियमित रुपमा अध्यापन गर्ने अर्जुन घिमिरे, सन्तोष शर्मा सापकोटा, भुवन भट्टराई, कमलबहादुर रायमाझी, दीपमाला श्रेष्ठ, बिनोद बेल्बासे, तीर्थराज अर्याल, सोबिता रिमाल र अशोक ज्ञवालीलाई दीर्घ सेवा पदक, प्रमाणपत्र र नगदसहित सम्मान तथा पुरस्कृत गरिएको थियो । 

    कार्यक्रममा शैक्षिक सत्र २०८० मा माध्यमिक विद्यालय तहसम्म उत्कृष्टता हासिल गर्ने कक्षा १ देखि कक्षा १२ वर्षका विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण गरिएको विद्यालयका सहायक प्राचार्य भिमसेन गौतमले जानकारी दिए ।