२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्थापना दिवसको अवसरमा चेम्बर अफ कमर्स, रुपन्देहीद्वारा रक्तदान

मंगलवार , माघ २२, २०८१

भैरहवा, २२ माघ । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले रक्तदान कार्यक्रम गरेको छ । संस्थाले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा मंगलबार सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संस्थाको भवनमा उक्त कार्यक्रम गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा एकाई सिद्धार्थनगरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १५ यूनिट रगत संकलन भएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरले रक्तदान परोपकारी काम भएको बताए । ‘रक्तदान जीवनदान हो, स्थापना दिवसको अवसरमा कार्यक्रम गर्नु महत्वपूर्ण कार्य हो’उनले भने–‘चेम्बर अफ कमर्स, रुपन्देहीले रचनात्मक कार्यहरु गर्दै आएको छ ।’

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले रक्तदानको धेरै नै महत्व रहेको बताए । उनले १९ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । ‘विभिन्न संघ–संस्थाहरुले रक्तदान कार्यक्रम गर्दै आएका छन्’उनले भने–‘आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिदै जानेछौं ।’

कार्यक्रम संयोजक तथा संस्थाका कार्यसमिति सदस्य गोविन्द सापकोटा जैसीको स्वागत तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_3448.JPG